२०८० मंसिर २०, बुधबार
कावासोती । कवि एवं साहित्यकार दिपक सोतीको कविता संग्रह विमोचन गरिएको छ । आइतबार नवलपुरको कावासोतीमा कवि सोतीको कविता संग्रह विमोचन गरिएको हो । कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले सोतीको कविता संग्रह ‘दिपक सोतीका केहि कविताहरु’को विमोचन गर्नुभएको हो ।
म्याउँ म्याउँ विराली कविताका रचयिता समेत रहनुभएका दिपक सोतीको आठौं कृतिका रुपमा कवितासंग्रह विमोचन गरिएको हो । कावासोती निवासी साहित्यकार दिपक सोती लामो समयदेखि साहित्य क्षेत्रमा लाग्दै आउनुभएको छ । उमेरले ७३ वर्ष पुगेपनि उहाँ अझै साहित्य लेखनमा तल्लिन हुने गर्नुभएको छ ।
कवि एंव साहित्यकार दिपक सोतीको कविता संग्रह कावासोती नगरपालिकाले प्रकाशन गरेको हो । नगरपालिकाले नगर भित्रका अग्रज साहित्यकारको सम्मान र साहित्य क्षेत्रको विकासका लागि सोतीको कविता संग्रह प्रकाशन गरेको नगर प्रमुख भुसालले बताउनुभयो । कार्यक्रममा बाेल्दै नगर प्रमुख भुषालले साहित्यले समाजको यथार्थ चित्रण गर्ने बताउनु भएको छ । साहित्यले समाजको विकासक्रम र सत्यतथ्य घटनाको यथार्थ चित्र प्रस्तुत गर्ने नगर प्रमुख भुसालले बताउनुभयाे ।
उहाँले तत्कालीन समयको सामाजिक अवस्था, समृद्धि, राजनीति, ज्ञानविज्ञानका कुराको प्रतिविम्व सम्बन्धित विषयसँग सम्बन्धित पुस्तकले भन्दा साहित्य र साहित्यका पात्रहरुले साँचो अर्थमा दिने उल्लेख गर्नुभयो । जिल्लामै पहिलो पटक कावासोती नगरपालिकाले कवि दिपक सोतीको आठौँ कृति प्रकाशन गरेको हो ।
१०१ पृष्टको कविता संग्रहमा कवि सोतीका ६४ वटा कविताहरु समावेश गरिएको छ । वि.सं.२०२७ साल देखि पाण्डुलिपिका रुपमा रहेका कविताहरु कृतिमा समावेश गरिएका छन् । नगरपालिकाले आफ्ना कविताहरु समेटि कविता कृतिका रुपमा प्रकाशन गरेकोमा कवि सोतीले नगरपालिका परिवारलाई धन्यवाद दिनुभयो ।
वडा नम्बर १२ का वडा अध्यक्ष दिपेश खनालले कवि सोती कावासोती मात्रै नभएर देशकै गहना भएको बताउनुभयो । साहित्य क्षेत्रको उजार र विकासमा नगरपालिकाले खेलेको कमद सकारात्मक भएको किव लोकनाथ खरेलले बताउनुभयो ।
आज कावासोतीमा विमोचन कार्यक्रम नगर प्रमुख विष्णु प्रसाद भुसालको अध्यक्षता र तीर्थ कंडेलको संचालन , शिक्षा अधिकृत राजन पाण्डेको स्वागतमा भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डे, विभिन्न वडाका वडा अध्यक्षहरु ,साहित्यकार लगायतको सहभागिता रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |