२०८० मंसिर १६, शनिबार
देवचुली। देवचुली नगरपालिका वडा नं.३ नेपाली कांग्रेस वडा समितिका सचिवको माधव घिमिरे , सदस्य अनन्त राज अधिकारी नेतृत्वमा करीव एक दर्जनले एमाले पार्टी प्रवेश गरेका छन । उनीहरुले नेपाली काग्रेस पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् । नेकपा(एमाले) देवचुली नगरपालिका वडा नं. ३ को चुनाव प्रसार प्रसार कार्यालय स्थापनाको अवसरमा आयोजित कार्यक्रममा नेकपा(एमाले) केन्द्रिय कमिटी सदस्य, तथा प्रदेश सभाको निर्वाचनमा नवलपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका कृष्ण पौडेल, नेकपा(एमाले) गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य तथा नवलपुर क्षेत्र नं. १ (ख) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार रोशन बहादुर गाह मगरको हातबाट आज टिका ग्रहण गरी पार्टी प्रवेश गरेका हुन ।
नेकपा(एमाले) केन्द्रिय कमिटी सदस्य, तथा प्रदेश सभाको निर्वाचनमा नवलपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार कृष्ण पौडेलले नवलपुरका जनताहरुले परिवर्तन खोजिरहेको बताउदै नेपाली कांग्रेसले जनताको भावना अनुरुप कार्य गर्न नसकेको र अव देशको विकास गर्नका लागि नेकपा(एमाले) बाट मात्र सम्भव रहेको बताउनुभयो । उहाँले आगामी मंसिर निर्वाचनमा संघ तथा प्रदेशका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरुलाई विजयी गराई समग्र नवलपुरको विकासका लागि आफुहरु लागि पर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले आफुहरु पनि समृद्द राष्ट्र निर्माणका लागि नेकपा(एमाले)मा प्रवेश गरेको र सहि ठाँउमा उभिएका भन्दै खुशी व्यक्त गरेका थिए ।
आजै नेकपा एमालेले गैडाकोट बडा नं. ६ मा आसन्न निर्वाचनका लागि वडा स्तरीय निर्वाचन परीचालन समितिका लागी वडा कार्यालय स्थापना, वडा न. ४ मा वडा कमिटीको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |