२०८० मंसिर २५, सोमबार
नवलपुर । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत नवलपुरमा जारी सेपाकताक्रो प्रतियोगिता अन्र्तगत ‘रेगु इभेन्ट’ (एक समूहमा तीन जना खेलाडी सहभागी हुने खेल ) महिला तर्फ नेपाल आर्मी विजयी भएको छ । जिल्लाको कावासोतीमा रहेको योङ स्टार क्लबको सभाहलमा भएको फाईनल प्रतिस्पर्धामा गण्डकी प्रदेशलाई २–० को सोझो सेटमा पराजित गर्दै आर्मीले स्वर्ण पदक प्राप्त गरेको हो । उप विजेता गण्डकीले रजत प्राप्त गर्दा बाग्मतीले काश्य पदक प्राप्त गरेको छ ।
बाग्मतीले सुदूरपश्चिमलाई २–० को सोझो सेटमा पराजित गर्दै काश्य पदक प्राप्त गरेको हो ।
यता सेपाकताक्रो ‘रेगु इभेन्ट’ पुरुष तर्फ नेपाल आर्मी र गण्डकी भिड्ने भएका छन् । आर्मीले लुम्बिनीलाई २–० को सोझो सेट र गण्डकीले प्रदेश एकलाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् । स्वर्ण पदकका लागि आर्मी र गण्डकी खेलको समापनका दिन भिड्ने भएका छन् ।
यसै गरि काश्य पदकका लागि लुम्बिनी र प्रदेश एक बिच भएको खेलमा प्रदेश एकले लुम्बिनीलाई सोझो सेटमा पराजित गर्दै काश्य पदक आफ्नो पोल्टामा पारेको छ ।
नवलपुरमा जारी सेपाकताक्रो खेल प्रतियोगितामा नेपाली आर्मी सहित प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेश प्रतिस्पर्धामा रहेका छन् । सेपाकताक्रोको तीन इभेन्ट मध्य डबलको हिजै फाइनल सकिएको छ । अब आज बाटै ‘क्वार्ड इभेन्ट’ ( एक समूहमा चार जना खेलाडी सहभागि हुने खेल) अन्र्तगतका खेलहरू शुरु हुने छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |