२०८० मंसिर २४, आईतबार
कावासोती । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत नवलपुरमा जारी कुस्ती खेल प्रतियोगितामा एक जना खेलाडी घाइते भएका छन् । कुस्ती खेल खेल्ने क्रममा खेलाडीको हात भाँचिएको हो ।
जिल्लाको कावासोती नगरपालिका –१६, डण्डामा रहेको थारु राष्ट्रिय सङ्ग्राहलयमा जारी कुस्ती खेल प्रतियोगिता अन्र्तगत सुदुरपश्चिम प्रदेश र सशस्त्र प्रहरी बिचको खेलमा कञ्चनपुर भिमदत्त नगरपालिका –१७, का खेलाडी २४ वर्षीय टिका चन्दको हात भाँचिएको जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतमान पुनले बताउनुभयो । खेलका क्रममा हात भाँचिएका चन्दको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
नवलपुरमा जारी कुस्ती खेल प्रतियोगितामा महिला र पुरुषतर्फ गरि विभिन्न तौल समूहमा खेलहरु जारी रहेका छन् । प्रतियोगितामा ५९ जना महिला र पुरुष ९१ जना गरि १ सय ५० खेलाडी सहभागि रहेका छन् ।
तीन विभागिय टिम सशस्त्र, आर्मी, पुलिस साथै ७ वटा प्रदेश गरि १० वटा टिमको प्रतियोगितामा सहभागिता रहेको छ । जारी प्रतियोगिताको विभिन्न तौल समूह अन्र्तगत आजदेखि पदकको छिनोफानो शुरु हुनेछ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |