२०८० मंसिर २४, आईतबार
कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि चार वटा मुख्य सडकका योजनाहरूमा बजेट बिनियोजन गरेको छ ।
दुम्किवास – सर्दी – धुर्कोट सडक कालोपत्रे गर्न चार करोड ५० लाख रुपैयाँ बिनियोजन गरेको छ । यस्तै गुम्बा – सिसेनी प्रतीक्षालय सडक निर्माण गर्न २ करोड बिनियोजन गरेको छ भने , सर्दी कनिकेसाल – चिसापानी – चुकाहा हुँदै भैँसीखोला सम्मको सडक स्तरोन्नति गर्न एक करोड ५० लाख बिनियोजन गरेको छ । यसैगरी दुम्किवास त्रिवेणी सडक खण्डको जिरो देखि बघुबन सम्म सडक निर्माण गर्न ५० लाख बिनियोजन गरेको छ ।
गाउँपालिका अध्यक्ष घनश्याम गिरीले गाउँपालिकाको मुख्य सडकका रुपमा यी चार वटा सडकलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको बताउनुभयो । उहाँले बढी चाप हुने मुख्य सडकहरूको निर्माणलाई जनताकै आवश्यकता अनुसार प्राथमिकतामा राखेको बताउनुभयो । त्यसबाहेकका अन्य सडकहरू समेत स्तरोन्नति , मर्मत र निर्माणका योजना रहेको समेत बताउनुभयो । जनताकै अपेक्षा र माग अनुसार आफूहरूले नीति तथा कार्यक्रम र योजनाहरू राखेको बताउँदै उहाँले छिटो छरितो र गुणस्तरीय रुपमा काम गर्न समेत आफूहरूले पहल गर्ने बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |