२०८० मंसिर २०, बुधबार
चोरमारा । मध्यविन्दु नगरपालिकाले स्तनपान कक्ष स्थापना गरेको छ । नगरपालिकाको प्रशासनिक भवनको नागरिक सेवा केन्द्र संगै स्तनपान कक्षको स्थापना गरिएको हो ।
शिशु तथा आमाको स्वास्थ्य सुधारमा टेवा पु¥याउने उद्देश्यका साथ स्तनपान कक्षको स्थापना गरिएको नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । नगरपालिकामा सेवा लिन आउने आमाहरुले आफ्नो शिशुलाई सुरक्षित रुपमा स्तनपान गराउने र शिशुलाई आराम गराउने स्थानको अभावमा समस्या भोग्नु परेको अवस्थामा अब सहजता आउने नगर प्रमुख अधिकारीले बताउनुभयो ।
नागरिक सेवा केन्द्र संगै स्थापना गरिएको स्तनपान कक्षले शिशु सहित सेवाको लागि आउने महिलाहरुलाई नजिकै स्तनपान गराउन सहज हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताउनुभयो ।
स्तनपान कक्ष स्थापना कार्यक्रममा सहभागी सेवाग्राही आमाहरुले बाहिरी स्थानमा स्तनपान गराउदा हुने अफ्ठ्यारो र कठिनाई अब नहुने बताएका थिए ।
स्तनपान कक्षमा शिशुलाई आराम गराउने झलुंगो, बेड, बिस्तारा सहित सावुन पानी लगायतको व्यवस्थापन गरिएको नगरपालिका स्वास्थ्य शाखाका जागेश्वर भुसालले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |