२०८० मंसिर १६, शनिबार
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १८ पम्फापुरमा झाडापखालाको प्रकोप फैलिएको छ । एकै गाउँमा १ सय ९ जनामा झाडापखाला र ज्वरोको समस्या देखिएको हो ।
बुधबार १ सय ९ जनामा झाडापखाला फैलिएकोमा सो गाउँमा परीक्षणका क्रममा विहीवार थप ५३ जना झडापखाला र ज्वरोका बिरामी भेटिएका छन् ।
प्रकोपको रुपमा झाडापखला फैलिएपछि रामग्राम नगरपालिकाले गाउँमै अस्थायी शिविर संञ्चालन गरेको नगर प्रमुख धनपत यादवले बताए । झाडापखला र ज्वरोका कारण गम्भीर बिरामी भएका १९ जनामध्ये १५ जना उपचारपछि घर फर्किएका छन् भने ४ जनाको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ । दुर्गा पुजा समापनको प्रसाद खाएका सबैमा समस्या देखिएकाले फूड प्वाइनिङ्गका कारण झाडावान्ता फैलिएको आशंका गरिएको छ ।
वास्तविक कारण पत्ता लगाउन लुम्बिनी प्रदेशको स्वास्थय निर्देशनालय, स्वास्थ्य कार्यालयसहितको टोली सम्बन्धित स्थानमा पुगेर पानी र दिसाको नमुना संकलन गरेको रामग्राम नगरपालिकाका हेल्थ असिस्टेन्ट सुरज हरिजनले जानकारी दिए ।
बुधवार भेटिएका बिरामीहरुलाई औषधि दिइएकोमा चेकजाँचको क्रममा अवस्था सुधारउन्मूख देखिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । गम्भीर बिरामी भएकाहरुको पनि स्वास्थ्य अवस्थामा सुधार आएको स्वासथ्यकर्मीहरुले बताएका छन् । दसैं सकिएपछि गाउँमा लगाइएको भोजमा खाना खाएकाहरु बिरामी भएको स्थानीयले बताएका छन्।
अहिले झाडापखालाका रुपमा फैलिएको रोग हैजा पनि हुनसक्ने भएकाले अनुसन्धान टोली पठाएर यकिन गर्न लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |