२०८० मंसिर २४, आईतबार
कावासोती । नवलपुरको मनोनयन फिर्ताको अन्तिम समयमा किशन शर्माले मनोनयन फिर्ता लिन आनाकानी गर्दा बिवाद शुरु भएको हो । १ बजे सम्म माओवादीबाट उम्मेदवार बनेका शर्मा फोनमा व्यस्त थिए । कुनै फोनको प्रतिक्षामा बसेको जस्तो देखिने शर्मा १ बजेर तीन मिनेटमा बाहिर निस्कन खोजेका थिए । तर उनलाई आफ्ना केही कार्यकर्ताले छेकेको भिडियोमा देखिन्छ ।
समय १ बजेर ५ मिने पुग्दा सम्म शर्माले मनोनयन फिर्ता गरेका थिएनन् । त्यसपछि विवाद शुरु भएको हो । विवादका बिच प्रहरीले बाहिर निकाल्न धकल्ने र अन्य दलका कोहि भित्र धकल्ने ,कोहि बाहिर तान्दा लडेका उनिलाई अतिरन्जित बनाउने काममा गठबन्धन लागेको एमालेको आरोप छ ।
पुरा भिडियो यो लिङ्कमा उपलब्ध छ ।
https://www.facebook.com/nawalpurpress2077/videos/483731310464602
मनोनयको समय १ बजे सकिएपछि त्यसको १ घण्टा पछि २ बजे किशन शर्मालाई उपचारको लागि लगिएको थियो । त्यसपछि चेकअपको फोटो सार्वजनिक गरिएको छ ।
उनको मनोनयनपछि विभिन्न टिप्पणी सामाजिक संजालमा आएका थिए । शर्मा चुनाव लड्ने मनसायमा नरहेको र उम्मेदवारी फिर्ता लिने मनसायमा पुगेको यसअघि नै राजनीतिक वृतमा चर्चा चलेको थियो ।
अन्तिम समयमा काङ्ग्रेसका विष्णुकमार कार्कीले केन्द्रबाट दवाब बढाएपछि निर्वाचन क्षेत्र हेरफेरमा पुगेको थियो।
प्रदेशको निर्वाचन क्षेत्र अघिल्लो बाडफाडलाई फेरि २क मा उम्मेदवारी दिएका विष्णुप्रसाद लामिछानेको मनोनयन फिर्ताको लागि परिपत्र आएपछि उनले उम्मेदवारी फिर्ता लिएकाछन् । सोहि सम्झौता अनुसार संघ माओवादीले काङ्ग्रेसलाई बुझाएको हो ।
पुरा भिडियो यो लिङ्क माउपलब्ध छ ।
https://www.facebook.com/nawalpurpress2077/videos/483731310464602
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |