२०८० मंसिर २५, सोमबार
कावासाेती। आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । नवलपुर क्षेत्र नं १ को प्रदेश सभा (क) तर्फका स्वतन्त्र उम्मेदवार सरोज कण्डेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिएपछि पत्रकारहरुसँग कुरा गर्दै कण्डेलले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सन्तोष थापालाई सघाउने बताए । उनले आँफू लामो समय वैदेशिक रोजगारमा रहेर विगत दुई बर्षदेखि नेपालमै समाजसेवा गर्दै आइरहेकोमा आसन्न निर्वाचनमा उम्मेदवारी दिएर जनताको सेवा गर्ने अभिलाषा रहेको बताए । उनले आँफूले उम्मेदवारी फिर्ता गरेपनि समान अभिलाषा भएका थापालाई सहयोग गर्ने बताउँदै एक युवाले अर्काे युवाको पहलकदमीमा साथ दिएको बताए । उम्मेदवारी फिर्ता गरेका कण्डेल विगत केही बर्षदेखि हिमानी ट्रष्टमा आबद्ध छन् ।
कण्डेलको उम्मेदवारी फिर्ता भएपछि आफ्नो प्रतिक्रिया दिँदै प्रदेश सभाका उम्मेदवार थापाले कण्डेलले देखाएको उदारताले आँफूलाई खुशी लागेको बताए । उनले आमूल परिवर्तन र देश विकास गर्नका लागि युवाको खाँचो रहेकाले अबको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्नुपर्ने बताएका छन् ।
पत्रकार भेटघाटकै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभा क्षेत्र नं १ मा उम्मेदवारी दिएका डा.मोहनीलाल भुसालले आँफूले लामो राजनीतिक जिवनमा नेपाली काँग्रेसमा रहि पार्टीका लागि काम गरेको बताउँदै अबको दश बर्ष देश र जनताको लागि काम गर्ने अभिलाषा रहेको बताएका छन् । यसैगरि प्रदेश सभा १ (ख) का उम्मेदवार रामनाथ उप्रेतीले आँफूले लामो समय सहकारी अभियानमा रहेर आर्थिक विकासका लागि काम गरेको भन्दै पार्टीले प्रदेशसभा सदस्यका लागि गरेको भरोसा बमोजिम आँफूले काम गर्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले स्वतन्त्र उम्मेदवार सरोज कण्डेलको उम्मेदवारी फिर्ता तथा सन्तोष थापालाई समर्थन कार्यक्रमको आयोजना जिल्ला स्थित पार्टी कार्यालयमा गरेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |