२०८० मंसिर २४, आईतबार
कावासोती । ६७ औँ प्रहरी दिवसको अवसरमा मंगलबार नवलपुरमा रक्तदान कार्यक्रम भएको छ ।
जसमा प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी सहित १० जनाले रक्तदान गरेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरको आयोजनामा भएको कार्यक्रममा नेपाल रेडक्रस उपशाखा कावासोती र ब्लड बैङ्क कावासोतीको प्राविधिक सहयोग रहेको थियो ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको प्रमुख आतिथ्यमामा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि घिमिरेले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुख भुवनेश्वर तिवारी , नेपाल रेडक्रस जिल्ला शाखा सभापति ऋषि कडेल , नेपाल रेडक्रस कावासोती उपशाखा सभापति बाबुराम कडेल , ब्लड बैङ्क संयोजक वेद प्रसाद न्यौपाने , ब्लड बैङ्क सचिव अमृता सिग्देल , नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुली लगायतको आतिथ्यमामा कार्यक्रम भएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |