परियोजना प्रमुख शर्माका अनुसार गत वर्ष किसानले एक हजार २० मेट्रिक टन सुन्तला र १६ दशमलव पाँच टन कागती उत्पादन गरेका छन् । रु पाँच करोड १० लाखको सुन्तला र रु २० लाख बराबरको कागती बिक्रीबाट आम्दानी भएको उहाँको भनाइ छ । परियोजनाले अमिलो जातको फलफूलमा अनुदानसहितका प्राविधिक सहयोग पु¥याउँदै आएकाले क्रमशः यसबाट थप आम्दानी हुँदै जाने उहाँको भनाइ छ । “हामीले जोन कार्यक्रमअन्तर्गत अमिलो जातका फलफूलमा अनुदानसहितका प्राविधिक सहयोग प्रदान गरिरहेका छौँ, कृषकहरू थप आकर्षित छन्”, उहाँले भन्नुभयो, “दुई–चार वर्षमा किसानले अहिलेको भन्दा दोब्बर आम्दानी लिनेछन् ।”
अदुवा र अमिलोसँगै अम्रिसोसमेत जिल्लाको पहाडी क्षेत्रका लागि आम्दानीको स्रोत बनेको छ । केही वर्ष पहिले नाङ्गा रहने पहाडी पाखा अहिले अम्रिसोले ढाक्न थालेको छ । जसबाट सो क्षेत्रका बासिन्दाले आम्दानीसमेत लिइरहेका छन् । हुप्सेकोट–५ राम्चेका श्यामबहादुर राईले भन्नुभयो, “अहिले अम्रिसोबाट हुने आम्दानीले घरखर्च चलाउन सहयोग पुगेको छ, खासै मेहेनत पनि गर्नुपर्दैन पाखामा लगाइदियो आफैँ हुन्छ ।”