२०८० मंसिर २०, बुधबार
कावासोती । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरमा बडादशैँको समयमा दुई सय ९९ वटा सवारी साधन कारवाहीमा परेका छन् । दशैँको घटस्थापना देखि पूर्णिमा सम्ममा जिल्लाका विभिन्न स्थानमा सवारी नियम उल्लंघन गर्ने २९९ वटा सवारी साधन कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरका सूचना अधिकारी लेखनाथ पुरीले जानकारी दिनुभयो ।
बडादशैँको समयमा सडकमा सवारीको चाँप बढ्ने हुँदा सवारी नियम उल्लंघन गर्दा दुर्घटनाको जोखिम हुने हुनाले विशेष रुपमा सवारी जाँच गरि नियम उल्लंघन गर्ने सवारीलाई कारवाही गरिएको उहाँले बताउनुभयो । २ सय ९९ वटा सवारी साधन कारवाहीबाट रु. २ लाख १६ हजार ५०० राजश्व संकलन भएको छ ।
ढोका खुल्ला, यात्रुहरूलाई छलमा तथा झुण्डयाएर सञ्चालनमा ल्याएका ५७ वटा यात्रुबाहक सवारी साधन कारवाहीमा परेको सूचना अधिकारी पुरीले बताउनुभयो । यसै गरि मादक पदार्थ सेवन गरि सवारी चलाउने ४ सवारी समेत कारवाहीमा परेका छन् ।
ट्राफिक प्रहरीले दशैँको समयमा भाडादरको निगरानी समेत विशेष रुपमा गरेको उहाँले बताउनुभयो । सो क्रममा १२ वटा यात्रुबाहक सवारी साधनलाई कारवाही गरी बढी भाडा सम्बन्धित यात्रुलाई फिर्ता समेत गराइएको सूचना अधिकारी पुरीले जानकारी दिनुभयो ।
दशैँको अवधिमा दुई वटा सवारी साधन दुर्घटनामा परेका छन् । जसबाट दुई जना गम्भिर घाइते र ७ जना साधारण घाइते भएको सूचना अधिकारी पुरीले जानकारी दिनुभयो ।
दशैँको समयमा दुर्घटना नहोस् भनेर ट्राफिक जाँच सहित जनचेतनामूलक कार्यक्रम लाई प्रभावकारी बनाउन कार्यालय लागेकाले दुर्घटना न्यूनिकरणमा सहयोग पुगेको उहाँले बताउनुभयो । सूचना अधिकारी पुरीले भन्नुभयो ‘हामिले दुर्घटना नहोस् भनेर सचेत बनाउने काम सँगै ट्राफिक जाँचलाई प्रभावकारी रुपमा सञ्चालन गर्यो, परिणाम स्वरुप जिल्लामा दशैँको अवधिमा कुनै अप्रिय दुर्घटना हुन पाएन , दुर्घटना रोक्न मद्दत पुग्यो । ’ विगतका वर्षको तुलनमा यस वर्षको दशैँमा सवारी दुर्घनामा कमि आएको उहाँले बताउनुभयो ।
दशैँको अवधिमा पूर्व पश्चिम राजमार्गको गैँडाकोट देखी दाउन्ने सम्म ७ स्थान र भित्री सडक खण्डमा ५ स्थानमा संयुक्त जाँच सञ्चालन गरेको सूचना अधिकारी पुरीले बताउनुभयो ।
दशैँको अवधीमा जिल्लामा ४१० चालक, १ हजार ६१० यात्रुलाई ट्राफिक सचेतना सम्बन्धी सचेतना कार्यक्रम गरिएको साथै सचेतनामूलक पर्चा बितरण गरिएको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |