२०८० मंसिर १६, शनिबार
कावासोती । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरमा रहेको एक सहकारीले दशैँमा मात्रै रु. ७० लाख बराबरको खसीबोका बिक्री गरको छ । दशैँ सुरु भएयताको समयमा जिल्लाको हुप्सेकोट गाउँपालिका –४ ,झ्यालबासमा रहेको लेकबेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले रु. ७० लाख बराबरको खसीबोका बिक्री गरेको हो ।
लेकबेसी सामाजिक उद्यमी महिला सहकारीका व्यवस्थापक शुसिला परियारका अनुसार सहकारीले यस वर्ष ४ सय ५० वटा खसीबोका बिक्री गरेको छ । किसानबाट खसिबोका संकलन गरि सहकारीले स्थापना गरेको सकंलन केन्द्रमार्फत बिक्री गर्दै आएको छ । जिल्लाको पहाडी भेगका किसानले हुर्काएका खसीबोका सहकारीले संकलन गरि बिक्री गरेको हो । जिउँदो तौल प्रणाली अनुसार सहकारीले यस वर्ष खसीबोका प्रति केजी रु. ५३० देखी रु. ५६० सम्ममा बिक्री गरेको व्यवस्थापक परियारले बताउनुभयो । सहकारीले किसानबाट खसीबोका संकलन गरि बिक्री गर्दा किसानले पनि उचित मूल्य पाउने र किसानलाई बजारीकरणको दुखः समेत नहुने उहाँले बताउनुभयो । ‘अरु खसीबोका किन्न गए मूल्यको ठेगान हुँदैन ,हामिले तोकिएको मूल्य र सहि तौल मापन गरि लिन्छौ ,किसानलाई उचित मूल्य दिन्छौँ’ व्यवस्थापक परियारले भन्नुभयो ‘किसानलाई कहाँ बेच्न भन्ने चिन्ता समेत हुँदैन ।’
व्यवस्थापक परियारका अनुसार अघिल्ला वर्षभन्दा यस पटक खसीबोका निक्कै कम बिक्री भएको छ । गत वर्ष करिब १ हजार र त्यस अघिको दशैँमा १ हजार ७५५ वटा खसीबोका बिक्री गरेकोमा यस वर्ष निक्कै कम बिक्री भएको छ । अहिले बजारको मन्दी भएर हो वा के कारणले कम मात्रामा माग भएको यसै भन्न नसकिने व्यवस्थापक परियारले बताउनुभयो । कोभिड पछिका असरहरु बजारमा देखिएको हुनसक्ने उहाँको आकंलन रहेको छ ।
सहकारीले विगत ६ वर्षदेखि सामान्य मुनाफा राखी कृषकहरु बाट खसिबोका संकलन गरि बिक्री गर्दै आएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका –१२, तमासपुरमा रहेको अरुणज्योति सामाजिक महिला उद्यमी सहकारी साथै मैनाघाटमा रहेको कृषि सहकारीले समेत खसीबोका संकलन तथा बिक्री गरेको छ । जिल्लामा रहेका सहकारीले कृषकबाट खसीबाख्रा खरिद गरि बिक्री गर्दा बजारीकरणमा बाख्रा पालक किसानलाई सहजता मिलेको छ । किसानलाई आफ्ना खसिबोका कहाँ लगेर बेच्न भन्ने चिन्ता हटेको छ ।
नवलपुरको पहाडी क्षेत्रमा प्रसस्त चरण क्षेत्र रहेकाले सो क्षेत्रका धेरै जसो किसानले बाख्रा पाल्ने गरेका छन् । सहकारीले सहजरूपमा बाख्रा खरिद गरिदिने र आम्दानी समेत राम्रो लिन सकिने भएपछि पहाडी क्षेत्रका किसान बाख्रा पालन तर्फ आकर्षित बनेका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |