२०८० मंसिर १४, बिहिबार
कावासोती । सत्ता गठबन्धनको केन्द्रमा भएको भागबण्डामा नेकपा माओवादी केन्द्रलाई नवलपुरको संघ तर्फ दुई नम्बर क्षेत्र र प्रदेश सभा तर्फ एक को -ख परेपनि जिल्ला नेता भने हेरफेरमा लागेका छन् । संघमा उठ्ने उम्मेद्वार नभेटेपछि माओवादी नेताको टोली अहिले क्षेत्र हेरफेरका लागि काठमाण्डौं पुगेको स्रोतले बताएको छ ।
स्रोतका अनुसार माओवादी जिल्ला नेताहरु संघमा लड्ने आँट गर्न नसकेपछि काठमाण्डौं पुगेका छन् । जिल्ला नेताहरुले टिकट नेपाली कांगे्रसलाई बुझाउने र हालको बाडफाँड हेरफेर गर्न लागेको जनाइएको छ । जस अनुसार प्रदेश सभा दुई ख आफुले राख्ने , समाजवादीलाई १ ख दिने र संघ भने कांगे्रसलाई छाड्ने गरि तयारी गरिएको जनाइएको छ । संघ र प्रदेश गरि दुई वटा क्षेत्र माओवादीलाई परेको भएपनि एउटा मात्रै निर्वाचन क्षेत्र लिएर चुनावमा जान माओवादी जिल्ला तहका केही नेता तयार भएको बुझिएको छ ।
‘माओवादीले संघ छाड्यो भन्ने अडकलबाजी हो, हाम्रै उम्मेदवार हुन्छ’ बिहानी
यता पार्टीका प्रदेश कमिटि उपाध्यक्ष मित्रशरण शर्मा विहानीले भने आफुहरुले केन्द्रको भागबण्डा अनुसार उम्मेदवारी दिने बताउनु भएको छ । ‘माओवादीले संघ छाड्यो भन्ने अडकलबाजी हो, हाम्रै उम्मेदवार हुन्छ’ बिहानीले भन्नुभयो –गठबन्धन हो, केही हेरफेर हुन सक्ला तर संघ छाडेका छैनौ ।
उहाँका अनुसार जिल्लामा एउटा संघ र एउटा प्रदेश आफुहरुको भागमा परेको आधारमा दुवै क्षेत्रमा आफ्ना उम्मेदवार उठाउने तयारी गरिएको छ । उम्मेदवारको टुङ्गो लगाउन यतिबेला आफुहरु काठमाण्डौं जान लागेको र बाटोमा भएको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |