२०८० मंसिर १६, शनिबार
कावासोती । जिल्लामा रहेको कावासोती नगरपालिकाले प्राविधिक जनशक्ति तयार पार्न लागेको छ । वन विज्ञान, बाली विज्ञान र सिभिल इन्जिनियर तर्फका जनशक्ति तयार गर्न नगरपालिका लागि परेको हो । यि क्षेत्रका स्थानीय जनशक्ति तयार पार्न नगरपालिकाले पूर्ण छात्रवृतिमा विद्यार्थीलाई अध्यापन गराउन लागेको कावासोती नगरपालिका शिक्षा शाखा अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो ।
नगरपालिकाले नगर भित्र प्राविधिक शिक्षा अध्यक्ष हुने विद्यालयमा तीन वटै विद्या तर्फ गरि १० जना विद्यार्थीलाई निशुल्क अध्यापनको प्रबन्ध गरेको अधिकृत पाण्डेले बताउनुभयो । नगरपालिकाले १७ वटै वडाबाट निशुल्क प्राविधिक शिक्षाका लागि आवेदन माग गरि योग्यता, पछाडि पारेका समुदाय, आर्थिक अवस्था विश्लेषण गरि यस १० दश जना विद्यार्थी छनौट गरेको उहाँले बताउनुभयो । निशुल्क प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थी स्थाई रुपमा नगरपालिकामा बसोबास गर्दै आएको हुनुपर्ने उहाँको भनाई छ । ‘प्राविधिक धार तर्फका स्थानीय जनशक्ति तयारमा नगर लागेको हो, प्रत्यक वर्ष यो कार्यक्रम सञ्चालन हुने छ’ अधिकृत पाण्डेले भन्नुभयो ‘अध्ययनमा अब्बल, आर्थिक अवस्था कमजोर भएका, पछाडि परेका समुदायलाई ग्राह्यता दिएर जनशक्ति तयारमा लागेका छौं ।’
नगरपालिका भित्र रहेका शहीद स्मृति मावि र जनता मावि मगरकोटमा सञ्चालित वन विज्ञान, बाली विज्ञान र सिभिल इन्जिनियरिङ तर्फका कोटामा नगरपालिकाले आफ्नो तर्फबाट निशुल्क अध्यापनको प्रबन्ध गरेको हो ।
प्राविधिक शिक्षाको तीन वर्षे पाठ्यक्रम अध्ययनका लागि रु. १ लाख ७५ हजार देखि रु. १ लाख ९० हजार तिर्नुपर्ने भएपनि १० जनाले निशुल्क रुपमा पढ्न पाउनेछन् । नगरपालिकाले यस वर्ष भर्ना हुने निशुल्क अध्ययनका लागि छनौट विद्यार्थीसँग सम्झौता समेत गरेको कावासोती नगरपालिका नगर उप प्रमुख फूलकुमारी थनेतले बताउनुभयो । नगरपालिकाले निशुल्क अध्यापन गराउने विद्यार्थीले अध्ययन पछि ६ महिना नगरपालिकामा निशुल्क सेवा प्रदान गर्नुपर्ने उप प्रमुख थनेतले बताउनुभयो । ‘नगरपालिकाले लगानी गरेकाले ,उहाँहरूको पनि नगरपालिकालाई सेवा गर्ने कर्तव्य हुन्छ, अध्ययन पछि छ महिना नगरपालिकालाई विज्ञता अनुसारको सेवा प्रदान गर्नुपर्ने गरि सम्झौता गरेका छौं’ नगर उप प्रमुख थनेतले भन्नुभयो । ६ महिना सेवा गर्ने समयमा सामान्य निर्वाह भत्ता भने नगरले उपलब्ध गराउने जनाइएको छ । नगरपालिकालाई आवश्यक पर्ने जनशक्तिमा समेत उनीहरूले प्राथमिकता पाउन सक्ने उप प्रमुख थनेतले बताउनुभयो ।
कतिपय आर्थिक अवस्था कमजोर भएर प्राविधिक शिक्षा पढ्नबाट बञ्चित बनेकाहरूलाई नगरपालिकाको निशुल्क अध्यापन सेवाले ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।
नगरपालिकाले प्राविधिक शिक्षामा जोड दिन सम्बन्धित विद्यालयहरूमा प्रशिक्षक र ल्याब व्यवस्थापनमा समेत सहयोग पुर्याउँदै आएको शिक्षा अधिकृत राजन पाण्डेले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |