२०८१ बैशाख १७, सोमबार
कावासोती । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ बुलिङ्टार गाउँपालिकाको प्रथम ऐतिहासिक अधिवेशनले समीर रानामगरको अध्यक्षमा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
जसको उपाध्यक्षमा दान बहादुर सारू , महिला उपाध्यक्षमा सावित्रा सेन , सचिवमा नवीन सुनारी मगर , उपसचिवमा टेक बहादुर राई मगर , महिला सहसचिवमा शान्ति रानाभाट र कोषाध्यक्षमा डम्बर आले चयन हुनुभएको छ ।बुलिङ्टार –५ भदौरिमा सोमबार कार्यक्रम भएको हो ।
कार्यक्रम नेपाल खेलकुद महासंघ नवलपुरका अध्यक्ष जीवन श्रेष्ठको अध्यक्षता तथा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य रोशन बहादुर गाहामगरको प्रमुख आतिथ्यमा भएको हो ।
कार्यक्रममा जिल्ला कमिटी सहसचिव भीम कडेल , नरदेव न्यौपाने , रिम बहादुर आले , मेख बहादुर सारू , सविता पाण्डे , सुशील चापागाइँ , मनवीर पुलामी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल खेलकुद महासंघ जिल्ला उपाध्यक्ष . रिमेस गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |