२०८० मंसिर २४, आईतबार
नवलपुर । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरमा गएको असार महिना देखि हाल सम्म एक लाख २० हजार वृक्षरोपण गरिएको हो । जिल्लामा डिभिजन वन कार्यालय नवलपुर मार्फत यस विभिन्न प्रजातिका १ लाख २० हजार २ सय १६ बिरुवा रोपिएको कार्यालयका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिनुभयो ।
वनजन्य , फलफूल जन्य , डालेघाँस, जडिबुटी र सौन्दर्यमूलक बिरुवाहरू रोपिएको उहाँले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय कावासोती, सव डिभिजन वन कार्यालय गैँडाकोट र कबुलियती वन रुचाङमा रहेको नर्सरीमा उत्पादन गरिएका १ लाख ३८ हजार ३३५ बिरुवा मध्य १ लाख ४ हजार ४६ बिरुवा जिल्लाका विभिन्न स्थानमा रोपिएको छ । यसै गरि फलफूल जन्य १६ हजार १७० बिरुवा जिल्ला वन पैदावार आपूर्ति समिति र संघको ससर्त अनुदान मार्फत खरिद गरि रोपिएको छ । जिल्लामा रहेका तीन नर्सरीमा अझैपनि करिब ३४ हजार बिरुवा बाँकी रहेकाले माग भएका स्थानमा वृक्षरोपण सूचना अधिकारी गौतमले बताउनुभयो । भदौ मसान्तको तथ्याङ्क अनुसार यो मात्रा विरुवा वितरण तथा रोप्ने काम भएको सूचना अधिकारी गौतमले बताउनुभयो ।
वनजन्यमा टिक, मसला, कदम, बाँस, फलफूलमा कटहर, अम्बा, कागती, आँप, लिची, एभोकाडो, ड्रागन फु्रट , डालेघाँस तर्फ राईखन्य , किम्बु, टाँकी, निमारो, मेन्डोला, ईन्दु , ईपिलिपी, भट्मासे, जडीबुटीतर्फ हर्रो, बर्रो,अमला, तेजपात, टिमुर ,कुरिलो, श्रीखण्ड र सौन्दर्यमूलक तर्फ धुपी, गोल्डमोहर, विरेन्द्रफुल, कल्कीफुल, अशोक, म्याङ्गोस्टिङ आदिका बिरुवा रोपिएको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो ।
सार्वजनिक जग्गा, निजी वन , सामुदायिक संघ÷संस्था, सामुदायिक वन, कबुलियती वन लगायतका क्षेत्रमा यि बिरुवाहरू रोपिएको उहाँले बताउनुभयो । वन क्षेत्र विस्तार तथा वातावरण हरियाली बनाउन वृक्षरोपण गरिएको सूचना अधिकारी गौतमले बताउनुभयो । ‘मुख्य गरि वृक्षरोपणको उद्देश्य वन क्षेत्रको विस्तार नै हो, यो सँगै सार्वजनिक संघ, संस्था र वजार क्षेत्र हरियाली बनाउने पनि उद्देश्य हो ’ सूचना अधिकारी गौतमले भन्नुभयो ।
कतिपय कबुलियती वन क्षेत्रमा वनमा आवद्ध समुदायको आम्दानी वृद्धि गर्ने उद्देश्यले जडिबुटी र फलफूलजन्य बिरुवा रोपिएको उहाँको भनाई छ । ‘आर्थिक अवस्था कमजोर हुने घरपरिवारलाई आयमूलक गतिविधिमा जोड्ने गरि समेत हामिले काम गर्ने गरेका छौ, यसै अनुसार कबुलियती वनमा जडिबुटी, फलफूल , अम्रिसो लगाउने गरेका छौ’ सूचना अधिकारी गौतमले भन्नुभयो ।
डिभिजन वन कार्यालय मार्फत हरेक वर्ष वर्षा याममा बिरुवा उत्पादन र वितरण गर्ने गरिएको उहाँले बताउनुभयो । वार्षिक रुपमा हुने वृक्षरोपणले जिल्लामा वनको क्षेत्र समेत बढ्दै गएको छ । नवलपुरमा हाल ५६ दशमलब २५ प्रतिशत वन क्षेत्र रहेको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |