२०८० मंसिर २०, बुधबार
कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका चार सर्दीमा रहेको वेनी महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको चार दिने उद्घोषण तालिम सम्पन्न भएको छ ।
सहकारीका कार्यसमिति तथा छिमेकी विभिन्न सङ्घसंस्थामा नेतृत्व गरेका व्यक्तिहरू समेत गरेर २० जनाको तालिममा सहभागिता रहेको थियो ।
सर्दीमा रहेका विभिन्न सङ्घसंस्थाहरूले कुनै पनि कार्यक्रम सञ्चालन गर्दा सञ्चालक कहाँबाट ल्याउने हो भन्ने चिन्ता परिरहने र धेरैजसो महिलाहरू आफ्ना कुराहरू निर्धक्क भएर राख्न नसक्ने अवस्था रहेका कारण सहकारीले तालिमको आयोजना गरेको सहकारीका अध्यक्ष सभ्यता हमालले बताउनुभयो ।
भदौ २८ गतेबाट सुरु भएको तालिम ३१ गते सम्पन्न भएको हो । तालिममा ज्ञानु पंगेनी र दयाराम आचार्यले सहजीकरण गर्नुभएको थियो ।
यसैबीच तालिमको एक औपचारिक कार्यक्रमकाबीच समापन गरिएको छ । संस्थाका अध्यक्ष सभ्यता हमालको अध्यक्षता र विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष भगवती बैदवारको प्रमुख आतिथ्यमामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष भगवती बैदवारले आफू सर्दीकै बासिन्दा भएका कारण यहाँका बासिन्दाको क्षमता विकास गर्न र आत्मनिर्भर बनाउने कुरामा आफूले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले महिलाका लागि आवश्यक पर्ने कार्यक्रमलाई आफूले प्राथमिकतामा राख्ने समेत बताउनुभयो ।
उहाँले आफू भर्खर मात्र निर्वाचित भएका कारण धेरै काम कुरा जान्न बुझ्न बाँकी रहेका कारण काम गर्दै जाँदा कहिँकतै कुनै त्रुटि भएमा विरोध मात्र नगरी सरसल्लाह सुझाव दिएर सहयोग गर्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा नं. चारका वडा अध्यक्ष शाहिल श्रेष्ठले पछिल्लो समय गाउँगाउँमा सक्षम बन्नु पर्छ भन्ने चेतना जागेको बताउनुभयो । उहाँले आफ्ना क्षमता विकास गर्नुपर्छ भनेर महिलाहरू अग्रसर हुँदै गएको बताउनुभयो ।
उहाँले तालिममा सिकेका ज्ञानलाई आफ्ना छोराछोरी , युवापुस्तामा बाड्न समेत अनुरोध गर्नुभयो । उहाँले यस किसिमको तालिम विषेश गरेर विद्यार्थीहरूलाई दिनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थी जीवनबाट सिक्न सके समयमै त्यस्ता नको प्रयोग गर्न सकिनेमा जोड दिनुभयो । यस्तै संस्थाका सल्लाहकार शारदा कोइरालाले छोटो समयमै निर्णय गरेर तालिमको आयोजना गर्नुपर्दा धेरै जनालाई समेट्न नसकेको बताउँदै आगामी दिनमा सहकारीले यस्ता तालिमहरू क्रमशः गर्दै जाने बताउनुभयो ।
अर्का सल्लाहकार फणीन्द्रन्द्रराज आचार्यले आफूहरूले तालिमबाट उद्घोषण गर्दा अप्नाउनुपर्ने विधीहरुका बारेमा जान्ने बुझ्ने अवसर पाउनुका साथै निर्धक्क भएर बोल्न सक्ने आत्मविश्वास बढेको बताउनुभयो ।
कार्यक्रममा सहभागिको तर्फबाट तुलसी गिरी र कल्पना आचार्यले बोल्नुभएको थियो । दुबैजना सहभागिले तालिमबाट धेरै कुराको त्रान हासिल भएको बताउनुभयो । उहाँले हिजो अगाडी गएर आफ्नो परिचय दिन डर लाग्ने महिलाहरू चार दिनमा निर्धक्क भएर केही कुरा राख्न सक्ने बनेको बताउनुभयो । उहाँहरुले आउदा दिनहरुमा समेत क्षमता विकास र सिपमुलक तालिम प्रदान गर्न र पुर्नताजकि तालिम उपलब्ध गराउन वडा कार्यलय र गाउँपालिकालाई अनुरोध गर्नुभएको थियो ।
कार्यक्रमको समापन गर्दै संस्थाकी अध्यक्ष हमालले विषेशगरी सर्दीका महिला दिदीबहीनीहरुलाई बोल्न सक्ने बनाउने उदेशयले तालिमको आयोजना गरेको बताउनुभयो । पछिल्लो समय महिलाहरू पनि विभिन्न सङ्घसंस्थामा नेतृत्व गरिराखेको तर , आफ्ना कुराहरू राख्न डराउने, नजान्ने अवस्था रहेको हुँदा त्यस्ता महिलाहरुको क्षमता विकास गर्नुपर्छ अब महिलाहरू पनि बोल्नुपर्छ । अवसर खोज्नुपर्छ , कार्यक्रम सञ्चालन गर्नुपर्छ भनेर सहकारी मार्फत् तालिमको आयोजना गरेको बताउनुभयो । उहाँले अहिले थोरैलाई मात्रै तालिम प्रदान गरिएको तर , सकारीमा आबद्ध जान् सिक्ने इच्छुक अन्यलाई समेत सहकारीले क्रमशः यस्ता कार्यक्रमहरु गर्दै जाने बताउनुभयो । उहाँले तालिममा सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |