२०८० मंसिर २०, बुधबार
कावासोती । कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २२ औँ साधारणसभा आज सम्पन्न भएको छ । संस्थाको सभाहलमा भएको साधारण सभा संस्थाका अध्यक्ष भिमलाल कँडेलको अध्यक्षता, सांसद तिलक महतको प्रमुख आतिथ्यतामा भएको हो । साधारण सभाको उद्घाटन कार्यक्रममा कावासोती जिल्ला समन्वय समिति प्रमुख बाबुराम विश्वकर्मा, कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसाल, विभिन्न वडाका वडा अध्यक्षहरू, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भुसाल, कोल्हुवा खानेपानीका अध्यक्ष श्रीधर शर्मा , शिव प्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
साधारण सभामा आफ्ना शुभकामना मन्तव्य राख्ने क्रममा कावासोती खानेपानीले यहाँ सबैलाई पर्याप्त , स्वच्छ पानी पुर्याउन निरन्तर लागेकोमा थप शुभकामना दिएका थिए । पानी सबैलाई ,सुलभ, स्वच्छ ,पर्याप्त पुर्याउन खानेपानीले निरन्तर काम गर्नुपर्ने वक्ताहरुको भनाई रहेको थियो ।
साधारण सभामा संस्थाका अध्यक्ष भिमलाल कँडेलले प्रगति प्रतिवेदन तथा आगामी योजनाका प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा गत आर्थिक वर्षको आय व्यय विवरण समेत प्रस्तुत गरिएको थियो ।
साधारण सभाको सञ्चालन सचिव दिपकराज लम्सालले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष रमिला भुजेलले गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |