२०८० मंसिर १४, बिहिबार
मध्यविन्दु । नवलपुरकाे मध्यविन्दु नगरपालिकामा दाेश्राे मध्यविन्दु नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।असाेज १ गतेदेखि दाेश्राे मध्यविन्दु नकआउट फुटबल प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष सुरेश कुमारले जानकारी दिनुभएको । चाेरमारा युवा क्लबकाे आयाेजनामा फुटबल प्रतियोगिता गर्न लागिएको हाे ।
असाेज १७ गते सम्म संचालन हुने प्रतियोगितामा नवलपुर ,चितवन ,रुपन्देही सहितका जिल्लाका १६ वटा टिमकाे सहभागीता रहने खेल संयाेजक भिम हमालले बताउनुभयो ।
आयाेजक चाेरमारा युवा क्लबले आज चाेरमारामा पत्रकार सम्मेलन गरि प्रतियोगिताकाे बारेमा जानकारी दिएको हाे ।
प्रतियोगितामा विजेता टिमले २ लाख २२ हजार २२२ र उपविजेता टिमले १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्ने क्लबका अध्यक्ष सुरेस कुमारले बताउनुभयो ।
खेल चाेरमारा स्थित नवजागरण नमुना मावि चाेरमारा रङ्गशालामा हुने आयाेजकले जनाएको छ ।
उद्वघाट खेल बाहेकका खेल अवलाेकनका लागि २० रुपैयाँ टिकट राखिएको छ।
प्रतियाेगिताकाे उद्वघाटन प्रदेश खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङ्गे)ले गर्ने कार्यक्रम रहेकाे आयाेजकले जनाएको छ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |