२०८१ बैशाख ७, शुक्रबार
कावासोती । नवलपुरको बिनयी त्रिवेणी गाउपालिकामा बाघको आतंक फेरि बढन थालेपछी स्थानीय त्रसित बनेका छन । गत शुक्रबार मात्रै बिनयी त्रिवेणी गाउँपालिका ३ निवासी २१ वर्षका सुवास बिकलाई बाघले आक्रमण गरेर घाइते बनाएको थियो । मङलबार आज फेरि दुई जनालाइ बाघले आक्रमणको प्रयास गरेको बिनयी त्रिवेणी ३ सर्दिका स्थानीय बासिन्दा यादव पौडेलले नवलपुर प्रेसलाई जानकारी दिनुभयो । गत शुक्रबार राती ८ बजेतिर पुर्व पश्चिम राजमार्गको होङशि गेटदेखि सर्दी मोटरर्साइकलमा जाँदै गर्दा सातपत्रे खोल्सी नजिकैको जङलमा बिकलाई बाघले आक्रमण गरेको हो । खुट्टामा आक्रमण गरेर तान्दै गरेको अवस्थामा ट्रक आएपछि ट्रक डाइभरले ट्रकले लखेटेर बिकको ज्यान जोगिन पुगेको पौडेलले जानकारी दिनुभयो । यस्तै आज दुम्किवास देखि सर्दी मोटरर्साइकलमा जाँदै गर्दा सोही ठाउ निवासी दुर्गा प्रसाद पौडेल र रवि जिशिलाइ सिध्रे जङ्गलमा बाघले आक्रमणको प्रयास गरेको छ । दुबैजना भागेर ज्यान जोगाउन सफल भएको पौडेलले जानकारी दिनुभयो । सर्दी जाने जङ्गल क्षेत्रमा बाघको आक्रमण बढन थालेपछी स्थानीय त्रसित बनेका छन । जङ्गल क्षेत्रमा राती यात्रा गर्दा सर्तकता अप्नाउन पर्ने देखिएको छ । सम्बन्धित निकायले बाघ नियन्त्रणमा लिन र मानवीय क्षती रोक्न समयमै पहल गर्न समेत स्थानीयले माग गरेका छन । यस क्षेत्रमा गत वर्ष बाघको आक्रमणबाट ३ जनाले ज्यान गुमाइसकेका छन । भने घाइते समेत भएका थिए । पशु समेत लाई आक्रमण गरेर मृत्यु र घाइते बनाएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |