२०८० मंसिर १४, बिहिबार
नवलपुर । स्थानीय तहका कर्मचारीले विभिन्न प्रकारका माग सहित ज्ञापन पत्र बुझाएका छन् । स्थानीय तहमा १० प्रकारका कर्मचारी रहेको र उनिहरुको समस्याको सहि तरिकाले संबोधन होस भनेर गण्डकी प्रदेशका विद्यायन समितिका सभापति विष्णुप्रसाद लामिछानेलाई ज्ञापनपत्र बुझाइएको ई.रंजित केसीले बताउनुभयो ।
गण्डकी प्रदेशले प्रदेश निजामती सेवा अध्यादेश जारी गर्ने तयारी गरेकाले स्थानीय तहका कर्मचारीका समस्या समाधान गर्ने गरि प्रदेश सरकारले अध्यादेश जारी गरोस भनि ज्ञापन पत्र बुझाइएको हो । ज्ञापन पत्रमा सरुवालाई निश्चित अवधी (२ वर्ष) एउटा पालिकामा सेवा गरेपछि अनिवार्य सुगम र दुर्गम मिलाई चक्रिय प्रणालीमा सरुवा गर्ने र सो को लागि दोहोरो सहमतिको आवश्यक नपर्ने व्यवस्था गर्नुपर्ने, बढुवालाई पूर्वानुमान योग्य बनाउन निश्चित अवधी सेवा गरेपछि अनिवार्य बढुवाको प्रत्याभूति गर्न ब्याच प्रोमशनको व्यवस्था लागू गर्नुपर्ने ,स्थानीय तहका सम्पूर्ण स्थायी कर्मचारीहरुलाई प्रदेश निजामती सेवामा खुला अन्तरतह प्रतिष्पर्धामा उमेर हद नलाग्ने व्यवस्था गर्नुपर्ने , अन्तर प्रदेश खुला प्रतिष्पर्धा मार्फत माथिल्लो तहमा नियुक्ति हुने स्थायी
कर्मचारीको सेवा अवधि जोडिने प्रावधानको व्यवस्था गर्नुपर्ने स्थानीय तहका कर्मचारीको माग रहेको छ ।
यसैगरि स्थानीय सेवाका कर्मचारीको सट्टा स्थानीय निजामती सेवा शब्दावली प्रयोग गर्ने , लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापनबाट अधिकृत छैंठौं पदमा नियुक्ति भएका सबै कर्मचारीहरुलाई नियुक्ति हुदादेखी सातौं तह कायम गर्नुपर्ने , सम्पत्ती विवरण निजामती किताबखाना मै बुझाउने र निजामती कर्मचारी अस्पतालमा उपचारको व्यवस्था सुनिश्चित गर्नुपर्ने , संघ प्रदेश र स्थानीय तहको मर्यादाक्रम एउटै कायम गर्नुपर्ने माग सहितको ज्ञापन पत्र बुझाइएको हो । ज्ञापनपत्र कर्मचारीका तर्फबाट ई. रंजित केसीले वाचन गरि विद्यायन समितिका सभापति लामिछानेलाई हस्तान्तरण गरिएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |