२०८० मंसिर १६, शनिबार
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा खादा प्रयोग गर्न नपाइने भएको छ । नगरपालिकाले नगर क्षेत्र भित्र हुने कार्यक्रममा खादा प्रयोग गर्न रोक लगाएको हो ।
नगरपालिका सहित विभिन्न संघ / सस्थाका कार्यक्रममा अतिथि सत्कारका लागि प्रयोग हुँदै आएको खादा प्रयोगमा रोक लगाउने र खादा मुक्त नगर घोषणा गर्ने कार्यपालिकाको निर्णय अनुसार यसको कार्यान्वयनका लागि सबैमा अनुरोध गरिएको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । ‘खादा प्रयोगले अनावश्यक फजुल खर्च बढ्ने हुँदा यसलाई निरुत्साहित गर्न लागेका हौं’ नगर प्रमुख अधिकारीले भन्नुभयो ।
कतिपय खादा फोहर उत्सर्जनको कारक बनेकाले समेत यसको प्रयोगलाई निरुत्साहित गर्न लागिएको नगर प्रमुख अधिकारीले बताउनुभयो । ‘खादा एकैछिन प्रयोग गर्यो ,अनि तेसै फाल्यो , त्यो फजुल खर्च मात्रै हैन फोहरको कारण पनि बनेको छ’ नगर प्रमुख अधिकारीले भन्नुभयो–यसैले यसलाई निरुत्साहित गर्न लागेका छौ ।
फजुल खर्च नियन्त्रण गर्ने ,नगरलाई स्वच्छ बनाउने योजना अनुसार खादालाई निरुत्साहित गरिएको प्रमुख प्रशासकिय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताउनुभयो । नगरमा विस्तारै प्लाटिक प्रयोगलाई समेत रोक्ने र त्यसको सट्टा वैकल्पिक वस्तुको प्रयोग गर्नेबारे योजना बनाउन लागेको समेत उहाँले बताउनुभयो ।
नगरपालिकाको यस कार्यमा सबैको सर्मथन रहने र खादा मुक्त नगर निर्माणमा सहयोग पुग्ने विश्वास लिएको उहाँले बताउनुभयो ।
नगरपालिकाले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै नगर कार्यपालिकाको निर्णय अनुसार सबै निकाय, संघ÷ संस्थाहरूबाट विभिन्न दिवस, पर्व र कार्यक्रमहरूमा आतिथ्य सत्कारको क्रममा प्रयोग गरिने खादा निरुत्साहित गरी यसको प्रयोग नगर्न अनुरोध गरेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |