२०८० मंसिर २०, बुधबार
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको सबै क्षेत्रमा यसै वर्ष विद्युत पुग्ने भएको छ । आठ वटा पालिकाका ९२ वडामा यस वर्ष विद्युत् पुग्ने नेपाल विद्युत प्राधिकरण कावासोती शाखाका इन्जिनियर निश्चल अधिकारीले बताउनुभयो । ‘अधिकांश क्षेत्रमा विद्युत पुगेको छ, केही वडा बाँकी रहेका छन्’ इन्जिनियर अधिकारीले भन्नुभयो – बाँकी रहेका वडामा समेत यसै वर्ष विद्युतीकरणको काम सकिन्छ ।
गण्डकी प्रदेश सरकारको ‘उज्यालो गण्डकी प्रदेश’ योजना अनुसार सबै क्षेत्रमा विद्युत पुर्याउने लक्ष्य अनुसार नवलपुरमा समेत विद्युतीकरणको काम चलिरहेको छ । इन्जिनियर अधिकारीका अनुसार मुख्य गरि विद्युत नपुगेका पहाडी क्षेत्रका गाउँपालिका बुलिङटार र बौदिकालीका केही वडामा अहिले पनि विद्युतीकरणका लागि काम चलिरहेको छ । बौदिकालीको दुई वटा वडामा बौदिकाली वडा नम्बर ५ र ६ मा विद्युतीकरणका लागि धेरै बाँकी रहेको उहाँले बताउनुभयो । पहाडी क्षेत्रमा बाटोको समस्याले विद्युत वितरण गर्न समस्या देखिएपनि धेरै स्थानमा तार पोल पुर्याउने काम सकिएकाले मिटर जडानको काम मात्रै बाँकी रहेको इन्जिनियर अधिकारीले बताउनुभयो । ‘नयाँ बस्ति थपिदैँ जाँदा थप काम रहन्छ नै , तर भएका हालका हरेक क्षेत्रमा विद्युत पुर्याउन हामि केन्द्रित छौ’–इन्जिनियर अधिकारीले भन्नुभयो–अहिले पनि पहाडका बिभिन्न स्थानमा तार पोल पुर्याइएको छ , चाडै वत्ति बाल्ने काम हुन्छ ।
सामुदायिक विद्युतीकरण, लघु जलविद्युत, सौर्य ऊर्जाबाट केहि क्षेत्रमा विद्युत पुगेको भएपनि चाडै ति क्षेत्रमा समेत राष्ट्रिय प्रसारण लाइनको विद्युत विस्तार हुने इन्जिनियर अधिकारीले बताउनुभयो ।
जिल्लाको पहाडी गाउँपालिका अन्तर्रगतका बौदिकाली र बुलिङटारका बिभिन्न क्षेत्रमा हाल तनहुँ खैरेनिटारबाट विद्युत वितरण गरिएको छ । तर लामो दुरिबाट ल्याएको विद्युतमा विभिन्न समस्या हुने हुँदा जिल्लाकै बोझापोखरीमा निर्माणधीन सबस्टेसनको काम सकिएपछि पहाडी क्षेत्रमा विद्युतीकरणमा थप सहजता मिल्ने उहाँले बताउनुभयो । बोझापोखरीमा विद्युत सव स्टेसन निर्माणको काम अन्तिम चरणमा रहेको छ । यस योजना अन्र्तगत अहिले पोल गाड्ने र तार टाङ्ने काम चलिरहेको छ ।
जिल्लाकै दुम्किबासमा समेत नयाँ विद्युत सबस्टेसन निर्माणको प्रक्रिया चलिरहेको छ । दुम्किबास क्षेत्रमा नवलपरासी पश्चिमबाट दाउन्ने हुँदै विद्युत ल्याइएकाले बेलाबेलामा समस्या हुने गरेकाले दुम्किबासमा विद्युत सबस्टेसन निर्माणपछि त्यस क्षेत्रको समस्या समेत समाधान हुने उहाँको भनाई रहेको छ ।
नवलपुरमा विद्युत वितरणको अवस्था सुधारका लागि केन्द्रबाट समेत ‘नवलपुर विद्युतिकरण योजना’ सञ्चालनको क्रममा रहेको इन्जिनियर अधिकारीले बताउनुभयो । लघु जलविद्युतबाट विद्युत वितरण भएका क्षेत्रमा राष्ट्रिय प्रसारणको लाइन पुर्याउने, आवश्यकता अनुसार नयाँ ट्रान्सफर्मर वितरण, तारपोल पुर्याउने , हाल विद्युत बाँडिएका क्षेत्रमा विद्युतको क्षमता बढाउने लगायतका काम यस योजनामा सञ्चालन हुने उहाँको भनाई रहेको छ । ‘समग्र जिल्लाको विद्युतिकरण सुधार गर्न नवलपुर विद्युतिकरण योजना सञ्चालनमा रहेको छ’ इन्जिनियर अधिकारीले भन्नुभयो –यसले जिल्लाको समग्र विद्युत वितरणलाई प्रभावकारी बनाउन थप मद्दत पुग्नेछ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |