२०८० मंसिर १६, शनिबार
डेढगाउँ । सुआहारा दोश्रो कार्यक्रमको सिकाई आदानप्रदान सम्बन्धि कार्यशाला गोष्ठी एक कार्यक्रमका साथ बौदीकाली गाउँपालिकामा सम्पन्न भएको छ ।
गोष्ठी बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाको अध्यक्षता र पछौटेपन उन्मुलन समाज बेस नेपालको आयोजनामा भएको हो ।
बेस नेपाल जिल्ला कार्यक्रम संयोजक शालिकराम पोख्रेलको सहजीकरणमा भएको कार्यक्रममा सुआहाराले पोषणको क्षेत्रमा गरेको कामबारे जानकारी गराउनु भएको हो ।
गोष्ठीमा पोषणका महत्त्वपूर्ण सुचकहरुमा नेपालको अवस्था तथा अन्तरास्ट्रिय लक्ष्य,बौदीकाली गाउँपालिकाको महत्त्वपूर्ण सुचकहरुको बिधमान अवस्था,पोषण सम्बन्धि मुख्य ब्यबहारको अवस्था,उपलब्ध स्वास्थ्य र पोषण सेवाको उपभोगको अवस्था पोषण संबेदनशिल सुचकको अवस्था,बहुक्षेत्रिय सुशासन,बहुक्षेत्रियपोषण क्षेत्रमा पालिकाका महत्त्वपूर्ण प्राथमिकता बारे सिकाई आदानप्रदान गरिएको थियो ।
कार्यक्रममा बेस नेपालका पुर्व उप सचीव तथा सुपरिबेक्षण समिति सदस्य कृष्ण पुरी,रकुवा प्राथमिक केन्द्रका प्रमुख सि.अ.हे.व.मेघ बहादुर ठाडा,बौदीकाली वार्डन.२ का वडाध्यक्ष श्यामसुन्दर श्रेष्ठले सुआहारा कार्यक्रम अन्तर्गत बेस नेपालले पोषण क्षेत्रमा गरेको कामको प्रशम्सा गर्नु भएको थियो ।
कार्यक्रममा बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बौदीकाली गाउँपालिकामा बेस नेपालले पोषण,स्वास्थ्य,सरसफाइ कृषि क्षेत्रको बिकास र सेवा प्रवाहमा पुर्याएको योगदानको उच्च कदर सहित सम्मान पत्र बेस नेपाललाई प्रदान गर्नु हुँदै संस्थाले गर्ने सामाजिक कार्यमा गाउँपालिकाले सहकार्य गर्ने बताउनु भयो
बौदीकाली गाउँपालिकाको सभा हलमा भएको कार्यक्रम बौदीकाली गाउँपालिकाका जनप्रतिनिधि,बिषयगत शाखाका प्रमुख,स्वास्थ्य संस्थाका प्रमुख,स्वास्थ्य स्वयंसेविका,संघसंस्थाका प्रतिनिधि,सुनौलो हजार दिनका बच्चाका आमा,कृषक सहभागि भएको गोष्ठीको सञ्चालन बौदीकाली गाउँपालिका स्वास्थ्य शाखाका संयोजक टोपकान्त अधिकारीले गर्नु भएको थियो
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |