२०८० मंसिर १४, बिहिबार
नवलपुर ।अखिल नेपाल किसान महासंघले विभिन्न माग राखेर पालिकामा ज्ञापन पत्र बुझाएको छ । केन्द्रिय कार्यक्रम अनुसार अखिल नेपाल किसान महासंघ नवलपुरले समेत ज्ञापन पत्र बुझाएको छ ।
किसानका समस्यालाई मध्यनजर गर्दै स्थानिय पालिकाहरुमा किसानका हक अधिकारहरुलाई संरक्षण गर्नुपर्ने माग सहित कावासोती नगरपालिकामा समेत ज्ञापन पत्र बुझाइएको छ । अखिल नेपाल किसान महासंघको टोलीले ज्ञापन पत्र बुझाउदै पालिकाको निति तथा कार्यक्रममा कुल बजेटको २० प्रतिशत रकम कृषिमा विनियोजन गर्न माग गरेको छ ।
यस्तै किसानको पहिचान, किसानको वर्गिकरण, किसानको सुचिकरण गर्नु पर्ने ,उन्नत कृषक पाठशाला स्थापना गर्नु पर्ने , स्थानिय सरकारबाट वास्तविक किसानका लागि आवश्यक रासायनिक मल, उन्नत बिउ विजन र किट तथा रोगनाशक विषादीहरुको सहज व्यवस्था मिलाई दिनु पर्ने माग अखिल नेपाल किसान महासंघको रहेको छ ।
यसै गरि कृषकको लागि स्थानिय सरकारबाट अनुदान, व्याज अनुदान र निशुल्क बीमा तथा औषधी उपचारको व्यवस्था मिलाई दिनु पर्ने ,साना किसानहरुको जीवन सुधारका लागि पेशा प्रवेश उत्प्रेरणा स्वरुप बजेट व्यवस्था गर्नु पर्ने , किसानलाई किसान कार्डको व्यवस्था गर्नु पर्ने ,कृषकका लागि कृषि औजारमा ९० प्रतिशत अनुदानको व्यवस्था गर्नु पर्ने , ठाँउ ठाँउमा कृषि संकलन केन्द्रको व्यवस्था गर्नु पर्ने , स्थानिय पालिकामा किसान आयोग गठन गरि व्यवस्थापन गर्नु पर्ने माग सहित पालिकामा ज्ञापन पत्र बुझाइएको हो ।
अखिल नेपाल किसान महासंघ नवलपुरले बुझाएको ज्ञापन पत्रमा अन्य निम्न मागहरु रहेका छन् ।
–चौपाया संकलन तथा प्रवर्धन केन्द्रको स्थापना गर्नु पर्ने माग गर्दछौं ।
–लोकल गाई गोरुको उचित व्यवस्थापन गर्नु पर्ने माग गर्दछौं ।
– किसानलाई उत्पादनको आधारमा अनुदानको व्यवस्था गर्नु पर्ने माग गर्दछौं १४। हिउँदे बालीमा ५० प्रतिशत अनुदानको व्यवस्था गर्नु पर्ने माग गर्दछौं ।
– वस्तुगत उत्पादानको पाकेट क्षेत्रको घोषण गर्ने पर्ने माग गर्दछौं ।
–स्थानिय पालिकाहरुको आत्मानिर्भरताको घोषण गर्नु पर्ने माग गर्दछौं ।
– बाँझो जग्गा राख्नेहरुको जग्गा खेती लगाउन सक्ने जिम्मेवारी स्थानीय सरकारले गर्ने पर्ने माग गर्दछौं । किसानहरुलाई भूमि बैंक मार्फत जमिन उपलब्ध गराउने माग गर्दछौं ।
– पालिकाहरुले पालिका भित्र किसानहरुले उत्पादन गरेका कृषि उपजहरुको समर्थन मुल्य तोक्ने माग गर्दछ ।
– अव्यवस्थित रुपमा बसेको किसान, भुमिहिन सुकुम्बासीलाई जो जहाँ जसरी बसोबास गरेका छन्, सो भुमिको आधारमा नाम नक्सा तयार गरी जग्गा धनी प्रमाण पुर्जा दिनु पर्ने माग गर्दछौं ।
–उखु उत्पादन किसानहरुलाई समयमा मल खाद, बिउ, न्युनतम मुल्य, तथा अनुदानमा उपलब्ध गराउन जोडदार माग गर्दछौं ।
– किसान वर्षा वा हिउदे वाली लगाउदा टेक्टर वा अन्य कृषि उपज साधनको दरररेट किसान महासंघको स्थानिय निकाय सँग तोक्ने माग गर्दछौं ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |