२०८० मंसिर २०, बुधबार
कावासाेती । नवलपुरकाे कावासाेती नगरपालिका वडा नम्बर ३ ले सय दिनका प्रगति सार्वजनिक गरेको छ । आफू निर्वाचित भएर १०० दिन पार गरेपछि यश समयमा भएका कार्य वडा अध्यक्ष डाेरमान गिरीले सार्वजनिक गर्नुभएको हाे । कार्यक्रम नगर प्रमुख विष्णुप्रसाद भुसालकाे प्रमुख आतिथ्यतामा भएको थियाे । १०० दिनका प्रगति सार्वजनिक सहित टाेल विकास संस्थाका प्रतिनिधिहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियाे ।
वडा अध्यक्ष डाेरमान गिरीकाे अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिकाे सहभागीता रहेको थियाे ।
वडा नम्बर ३ मा १०० दिनमा गरिका कामकाे विवरण ।
१. मिति २०७२/०२/१९ गते वडा नं ३ का वडाध्यक्ष डोरमान गिरीको संयोजकत्वमा १३ सदस्यीय विद्यालयको नक्शाङ्कन समिति गठन नै कार्य सञ्चालन सुरु भएको ।
२. मिति २०७९ / २ / १९ गते नै सुमित्रा सम्सालको संयोजकत्वमा ७ सदस्यीय शैक्षिक गुणस्तर अभिवृदि समिति गठन गरी व्यवहारीक रुपमा नै यस वडा भित्रका संस्थागत तथा सामुदयिक विद्यालयहरुको।
शैक्षिक गुणस्तर तुलनात्मक रुपमा सुधार भएको पाइएको ।
३. वडामा म्यापसिटको आधारमा ९ वटा टोल विकास संस्था गठन गर्ने कार्य मिति २०७२/०५/०२ बाट २०७९/०५/१८ गते सम्म सञ्चालन भएको र जसबाट वडाको विकास निर्माण तथा सम्पुर्ण प्रशासनिक कार्यहरुमा समेत सहजता महशुस भएको । ४. वडा स्तरीय बजेट निर्माण गर्ने कार्य सम्पन्न भएको र यस वडाको लागि नगरपालिकाबाट जम्मा रु ७० लाख विनियोजन भएको ।
५. सुत्केरी महिलालाई पोषण कार्यक्रम अर्न्तगत सरकारी अस्पतालमा बच्चा जन्माउने महिलालाई १/२ के. जी घ्यू १/२ के.जी मह, १ क्यारेड अण्डा दिने निर्णय भई कार्यान्वयनको चरणमा रहेको ।
६. जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम गर्ने(वार्षिक रुपमा)
७. विपन्न परिवारका विद्यार्थी नानीबाबुलाई ड्रेस, स्टेशनरी शैक्षिक सामाग्री वितरण गर्ने कार्यको सुरुवात ।
८. शिवमन्दिर स्वास्थ्य चौकीको समिति गठन ।
९. वडा स्तरीय बाल क्लव गठन ।
१०. शिवमन्दिर स्वास्थ्य केन्द्रको स्तर उन्नती गर्ने कार्यको लागि वडाबाट न.पा.मा सिफारिस गर्ने कार्य भएको ११ वडा कार्यालय भवन सम्पन्न हुने कममा साउन १८ गृह पुजा सम्पन्न रहेको ।
१२. वडा नं ३ ५ को सिमानामा पक्की नाला निर्माणको लागि प्राविधीकबाट नाप लिने कार्य भएको ।
१३. नगरपालिकाको विपन्न परिवार आवास योजना अर्न्तगत ३ वटा घर निर्माण गरी, पूर्ण बहादुर थापा, होम बहादुर नेपाली, खुश्मलाल वि.क. लाई घर हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको ।
१४. वडाको पञ्चवर्षिय आवधिक योजना तर्जुमा कार्य सम्पन्न भएको ।
१५. वडाको भु-उपयोग निति जग्गको वर्गीकरण) गर्ने कार्य सम्पन्न भएको ।
१६. विद्युतीकरण २७ वटा पोल)
१७.२८ विगाहा लगायत केही क्षेत्रहरुमा ट्रान्सफर्मर जडान कार्य सम्पन्न ।
१८. वडा नं २ २३ को सिमानाको बाटो सभापति चोक (जि.प्र.का. जाने बाटो) रड सहितको ढलान कार्य सम्पन्न
१९. वडाका विभिन्न बाटोहरुमा गरी वरिव ३०० मिटर ग्रावेल कार्य सम्पन्न ।
२०. वडाको विभिन्न स्थानहरुमा गरी १६ वटा पोलतार जडान तथा ७७ वटा पोलमा सडकबत्ती जडान कार्य भएको ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |