२०८० मंसिर १४, बिहिबार
नवलपुर । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिकाले अनलाईन मार्फत राजश्व भुक्तानी गर्ने व्यवस्था मिलाएको छ । नगरपालिकाले भुक्तान गर्नुपर्ने राजश्व क्युआर कोड मार्फत तिर्न सक्ने व्यवस्था गरेको देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो ।
नगरपालिका सहित हरेक वडामा क्युआर कोड मार्फत राजश्व भुक्तानी गर्न सकिने नगर प्रमुख न्यौपानेले बताउनुभयो । सेवाग्राहीलाई प्रविधिमैत्री सेवा प्रदान गर्न र नगरपालिकामा प्राप्त हुने राजश्वलाई पारदर्शी बनाउन अनलाइन भुक्तानीले सहज बनाउनु उहाँले बताउनुभयो । ‘अहिले धेरै मानिस प्रविधिमा अभ्यस्त छन्, सोही अनुसार प्रविधिमैत्री सेवा प्रदान गर्ने भन्ने उद्येश्यले नगर सहित सबै वडामा क्युआर कोडको व्यवस्था गरेका हौ’ नगर प्रमुख न्यौपानेले भन्नुभयो–यसले राजश्व संकलनलाई पारदर्शी बनाउन समेत सहयोग पुग्ने विश्वास छ ।
देवचुली नगरपालिका भित्रका १७ वटै वडा कार्यालयमा क्युआर कोड राखिएको छ । वडामा कुनै काम गरेपछि राजश्व बुझाउ परे सहजै सेवाग्राहीले क्युआर कोड स्क्यान गरि भुक्तानी गर्न सक्नेछन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |