२०८० मंसिर १४, बिहिबार
कावासोती । नवलपुर जिल्लाको कान्छो कार्यालय सामाजिक विकास कार्यालय । यस कार्यालयका बारेमा धेरैलाई जानकारी पनि छैन् । लक्षित वर्ग र सामाजिक क्षेत्रमा काम गर्ने भएको हुँदा यस कार्यालयका बारेमा सम्बन्धित पक्ष सुसूचित हुन आवश्यक छ । नयाँ स्थापना भएको कार्यालय भएको हुँदा यस कार्यालयबाट हुने काम कारबाही के कस्ता छन् भन्ने बारेमा सेवा पाउने वर्गसम्म पुग्न जरुरी छ ।
सामाजिक विकास कार्यालयले लक्षित वर्ग र कला संस्कृतिको संरक्षण सम्बद्र्धन, धार्मिक क्षेत्र तथा शिक्षाको क्षेत्रमा काम गर्ने गर्दछ । गत वर्ष मात्रै यो कार्यालय स्थापना भएको हो । गत वर्ष असोज १४ गते विधिवत रुपमा स्थापना भई जिल्लामा काम गर्दै आइरहेको छ । कार्यालयबाट यस वर्ष गर्ने कामहरूमा लक्षित वर्गको क्षमता अभिवृद्धि र विभिन्न धार्मिक क्षेत्रसँग सम्बन्धित भौतिक संरचना निर्माण गर्ने , शिक्षाको क्षेत्रमा काम गर्ने लगायतका कार्यक्रम रहेका छन् ।
कार्यालय प्रमुख ज्ञान प्रसाद भुसालका अनुसार चालु वर्षमा बालबालिकाहरूको अधिकार सम्बन्धी कार्यक्रम (बाल अधिकार प्रबर्द्धन गर्न) , किशोरीहरूको आत्मरक्षा तालिम सञ्चालन , एकल महिला , दलित महिलाहरूका लागि क्षमता विकास कार्यक्रम , अपाङ्गता भएका व्यक्तिहरूलाई समुदायमा पुर्नस्थापना गर्न विभिन्न प्रकारका सीप प्रदान गर्ने र आत्मनिर्भर गराउन बीउ पूजीँ समेत प्रदान गर्ने र सहायता सामाग्री प्रदान गर्ने कार्यक्रम रहेको छ । यस्तै शिक्षा क्षेत्रमा गर्ने काममा , शिक्षाको गुणस्तर अभिवृद्धि गर्न शिक्षाको गुणस्तर कम भएका विषय जस्तै गणित , विज्ञान अङ्ग्रेजी जस्ता विषय अध्यापन गर्ने शिक्षकहरूको जिल्ला व्यापी समूह निर्माण गरेर समूह मार्फत यी विषयहरूमा कसरी विद्यार्थीहरूको सिकाइ प्रभावकारी गराउन सकिन्छ भने र छलफल गराउने र विभिन्न विद्यालयमा गएर कार्यान्वयन गर्ने कार्यक्रम समेत रहेको कार्यालय प्रमुख भुसालले जानकारी दिनुभयो ।
यसैगरी पूँजीगत प्रकृतिका कार्यक्रममा विभिन्न धार्मिक क्षेत्रको संरक्षण संम्बद्र्धन , मठ मन्दिर , गुम्बा , मस्जिद , चर्च जस्ता धार्मिक क्षेत्रमा र विद्यालय , सामुदायिक भवन , आमा समूहको भवन लगायतका सामाजिक कार्यमा संलग्न सङ्घसंस्थाहरूको मर्मत सम्भार र निर्माण गर्ने कार्य यस कार्यलयबाट हुने भुसालले बताउनुभयो ।
कार्यलय मातहत कावासोतीमा रहेको अल्पकालीन आश्रय स्थल समेत सञ्चालन रहेको छ ।
कार्यालय प्रमुख भुसालका अनुसार कार्यालयमा नौ जनाको दरबन्दी रहेको छ । तर अहिले पाँच जना मात्रै कर्मचारी कार्यरत रहेका छन् । जनशक्तिको अभावमा छिटोछरितो रुपमा सेवा दिन केही असहज भइरहेको उहाँको भनाई छ । विभिन्न अनुगमनमा जानुपर्ने हुँदा सीमित कर्मचारीले सबै काम भ्याउनु पर्दा कामहरू प्रभावित हुने गरेको छ भने , अर्को कार्यालयमा आफ्नै सवारी नहुँदा पहाडी भूभागतिर अनुगमनमा जानु पर्दा निकै समस्याहरू आउने गरेको उहाँले बताउनुभयो । पहाडी क्षेत्रमा जुनसुकै सवारी जान नसक्ने भाडामा सवारी लिनु पर्दा उचित समयमा गन्तव्यमा पुग्न नसक्ने अवस्था बेलाबेला आउने गरेको उहाँको भनाई छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |