त्यसैगरी देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले आफू निर्वाचित भएपछिको एक सय दिनमा ज्येष्ठ नागरिकको घर–घरमा गई स्वास्थ्यपरीक्षण गर्ने कार्यक्रम सुरुआत गरिएको बताउनुभयो । नगरपालिकाले देवचुली स्वास्थ्यचौकीलाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको, ट्रमा सेन्टरका लागि जग्गा व्यवस्थापन कार्यदल बनाइएको, कृषि र पशुपालनलाई बढावा दिई दूध, मासु र खाद्यान्नमा नगरपालिकालाई आत्मनिर्भर बनाउन व्यवस्थित योजना निर्माण गरिएको, अनलाइन क्युआर कोडबाट राजस्व तिर्न मिल्ने कार्य गरिएको उहाँले जानकारी दिनुभयो ।त्यस्तै गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले एक सय दिनका उपलब्धिलाई ७२ बँुदामा समेट्दै जनजीविकाका सवाललाई प्राथमिकता दिइएको बताउनुभयो । “नगरभित्रका भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनलगायत व्यवस्थापनका लागि नगरपालिकामा सेवा केन्द्र स्थापना गरिएको छ”, उहाँले भन्नुभयो, “ चार हजार पाँच सय १० भूमिहीन र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्न प्रक्रिया अघि बढाइएकोे छ ।” रासस
२०८० मंसिर १६, शनिबार