२०८० मंसिर १६, शनिबार
कावासाेती । संघ र प्रदेशको निर्वाचनका लागि नवलपुर १ तर्फ ३१जनाकाे नाम सिफारिस भएको छ । आज दलदलेमा उम्मेदवार सिफारिस बैठकमा प्रतिनिधिसभा १ , प्रदेश सभा १ काे क र ख तर्फ ३१ जनाले उम्मेदवारकाे आकाङ्क्षा प्रकट गरि नाम दर्ता गराएका हुन् । साेहि अनुसार संकलित नाम जिल्ला किमिटिमा सिफारिस गरिएको नेकपा एमाले नवलपुरका उप सचिव भिमलाल कंडेलले बताउनुभयो ।
जस अनुसार प्रतिनिधि सभा १ मा प्रत्येक्ष र समानुपातिक गरि ६जनाकाे नाम सिफारिस गरिएको छ ।
प्रत्यक्ष तर्फ कृष्ण पौडेल, रविन्द्र अधिकार र नारायण प्रसाद तिमिल्सीना यसै गरि समानुपातिक तर्फ दिपक अधिकारी, सुनिता खातुन र रेखा पौडेलकाे नाम सिफारिस भएको छ ।
प्रदेश सभा १ काे क तर्फ षडानन्द लामिछाने , यमुनाथ आचार्य, गोपेन्द्र केसरी न्याैपाने, पदमलाल पौडेल र शिवहरि अधिकरीकाे नाम सिफारिस भएको छ।
समानुपातिकमा टंक माकिम, देउकला बराल , यदुनाथ सिग्देल, हरि बहादुर बिक बराली, इन्द्रबहादुर कुमाल रहेकाछन् ।
१ काे प्रदेश सभा खमा प्रत्यक्ष तर्फ होमनाथ जैसी, टङ्कनाथ गिरी, रोशन बहादुर गाहा, रामप्रसाद मरासिनि, मुक्तिराम पाण्डे र कल्पना भण्डारीकाे नाम सिफारिस भएको छ ।
समानुपातिकमा राजेश सुनाम, सिता कुमारी न्याैपाने खड्का, गोमा कुमारी नेपाली, नेत्र नारायण थनेत, टंकमणी शर्मा, लाल बहादुर नेपाली, सीता पंगेनी, कृष्ण बहादुर सार्की र युवराज वाग्ल रहेका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |