२०८० मंसिर १६, शनिबार
कावसोती । खेलकुद क्षेत्र भनेको स्वास्थ्यका लागि मात्र नभई समाजसेवा र राष्ट्रियताका लागि समेत भएको नेकपा एमाले केन्द्रिय सदस्य रबिन्द्र अधिकारीले बताउनुभएको छ । शनिबार नवलपुरको देवचुलीमा नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासङ्घ नवलपुरको प्रथम जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो – ‘खेलाडीहरू सामाजिक चरित्रका हुन्छन् , अनुशासित हुन्छन् , समाज विकासको भावनाले ओतप्रोत हुन्छन् । त्यसैले खेल केवल खेल र स्वास्थ्यका लागि मात्रै सीमित छैन् केवल वृद्धि विकासका लागि मात्रै होइन, खेल त एउटा विचार , दृष्टिकोण , राष्ट्रियताको भावनालाई ओतप्रोत गर्ने विषय हो , सामाजिक भावनालाई ओतप्रोत गर्ने विषय हो । ’
उहाँले खेलकुदको माध्यमबाट समाजका अनेक खालका विभेद अन्त्य गर्न समेत मदत पुगिरहेको जिकिर गर्नुभयो ।
यस्तै कार्यक्रममा बोल्दै जिल्ला सहइन्चार्ज एवम् केन्द्रिय सदस्य कृष्ण पौडेलले पार्टीको भातृ सङ्गठनका रुपमा रहेको खेलकुद महासंघ नाममा मात्रै सीमित हुन नहुनेमा जोड दिनुभयो । उहाँले खेलकुद महासङ्घमा खेलप्रेमी साथीहरूलाई समेट्ने र सामाजिक क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो – खेलकुद महासङ्घको भनेको युवाहरूको एउटा जुझारु टिम हो । जसलाई राजनैतिक रुपमा प्रशिक्षण गरि प्रगतिशील बिचार राख्ने , देशभक्त बिचार राख्ने , अन्यायका विरुद्धमा लाग्ने, न्यायको निम्ति बोल्ने , राष्ट्रियता र लोकतन्त्रको पक्षमा जुझ्ने जुझारु युवाहरूको संगठन हो । ’
यसैगरी कार्यक्रममा बोल्दै नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले खेलप्रेमी युवाहरूलाई महासङ्घमा आबद्ध गरेर देश र पार्टीलाई चिनाउन सक्ने बनाउन खेलकुद महासङ्घलाई जनवर्गीय सङ्गठनका रुपमा पार्टी सँगसँगै लान खोजेको बताउनुभयो । उहाँले खेलप्रेमी युवा साथीहरूलाई खेलकै माध्यमबाट पार्टीसँग आबद्ध गरेर अनुशासित र लगनशील व्यक्ती निर्माण गर्ने काम खेलकुद महासङ्घले गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष मुक्तिराम पाण्डेले खेलकुद महासङ्घले खेलका विभिन्न विधामा रुचि राख्ने युवा खेलाडीहरूलाई समेटेर चुस्त दुरुस्त संगठन निर्माण गर्नुपर्ने बताउनुभयो । जनसंगठन बलियो भएमा पार्टी बलियो बन्ने भन्दै उहाँले खेलप्रेमी युवा समूहलाई पार्टीको नीति सिद्धान्तका बारेमा प्रशिक्षण गर्दै नेकपा एमाले जनताको पार्टी हो भन्ने कुरा समुदायमा पु¥याउन आवश्यक रहको बताउनुभयो । महासङ्घमा आबद्ध खेलप्रेमी युवाहरूलाई समुदायमा सामाजिक कामका लागि अग्रसर बनाउन प्रेरित गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सहसचिवद्वय भिमलाल कडेल , यमुनाथ आचार्य , जिल्ला कमिटी सचिवालय सदस्य होमनाथ जैशी , नेपाल खेलकुद महासंघ केन्द्रिय कमिटी सदस्य विकास केसी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम आयोजक कमिटी संयोजक जीवन श्रेष्ठको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले नेपाल खेलकुद महासङ्घमा जिल्लाका सबै पालिकाबाट एक जना महिला अनिवार्य सहित कम्तिमा पाँच जनाको प्रतिनिधित्व हुने जिल्ला कमिटी गठन गर्ने बताउनुभयो । उहाँले ५५ सदस्यीय कमिटी गठन गरिने जानकारी दिनुभयो । अधिवेशनबाट कमिटीमा पर्न नसकेका र कतिपय राख्नै पर्ने व्यक्तिहरू छुट्न सक्ने भएकाले पछि संयोजकले सात जना मनोनित गर्न सक्ने समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा बन्द शत्र अहिले जारी रहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |