२०८० मंसिर २५, सोमबार
प्रिय धन । चाेरमारा । संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन नवलपुर शाखाको आठौ साधारण सभा तथा तेस्रो अधिवेशन शुक्रबार देवचुलीमा सम्पन्न भएको छ । साधारण सभाको खुला सत्रमा बोल्दै संयुक्त एम्बुलेन्स चालक संघका केन्द्रिय अनुशासन विभागका प्रमुख तथा संयुक्त एम्बुलेन्स चालक संघ गण्डकी प्रदेशका ईन्चार्ज गोपीराम ब्लोनले एम्बुलेन्स चालक अत्ति नै संवेदनशील हुनुपर्ने भन्दै प्रतिदिन कार्य समय नहेर्न आग्रह गर्नुभयो । हतारको साटो एम्बुलेन्सलाई बाटो भन्ने नारा भए पनि एम्बुलेन्स चालकले अत्यन्तै सचेतना अपनाउन जरुरी रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्नुहुँदै संयुक्त एम्बुलेन्स चालक संघ नेपालका गण्डकी प्रदेशका सचिव मदन थापा बयम्बुले एम्बुलेन्स चालक आफु बाचेर अरुलाई बचाउनु पर्ने भएकाले कुनै पनि प्रश्न आई नपर्ने तरिकाले एम्बुलेन्स चलाउनु पर्ने बताउनुभयो । थापाले मानिसलाई शारीरिक रुपमा समस्या परेपछि मात्र एम्बुलेन्सलाई सम्पर्क गरिने भएकाले संवेदन हुन तर न आत्तिई विरामीलाई ढाढस समेत दिनुपर्ने बताउनुभयो । अधिवेशनले पुन: यसअघिका अध्यक्ष नवराज श्रेष्ठकै अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
शुक्रबार देवचुली १३ दलदलेको सहारा पार्टी प्यालेसमा सम्पन्न संघको तेस्रो जिल्ला अधिबेशनले आउँदो ३ बर्षका लागि पुन: श्रेष्ठ ( देवचुली ) लाई अध्यक्षमा चयन गरेको हो।यस्तै वरिष्ठ उपाध्यक्षमा प्रेम नारायण ढकाल ( मध्यविन्दु ) चयन भएका हुन।
उक्त भेलाले वरिष्ठ उपाध्यक्ष केशब श्रेष्ठ ( देवचुली ) क्रमश र उपाध्यक्षमा लाई चयन गर्यो भने सचिबमा सन्त बहादुर चौधरी ( मध्यविन्दु ) ,सह सचिब विन्देश्वर चौधरी ( मध्यविन्दु ) र कोषाध्यक्षमा तिलक कुमाल ( कावासोती ) लाई निर्वाचित गरेको हो।
सह कोषाध्यक्ष सुमन कुंवर मध्यविन्दु , चुरेन्द्र बहादुर जि सी गैंडाकोट , भिम बहादुर सुनार विनयी त्रिवेणी , किरण न्यौपाने देवचुली , बम बहादुर भुजेल देवचुलीलाई सदस्यहरुमा चयन गरेको छ ।
नव निर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि गोपीराम ब्लोनले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो । विशेष अतिथि मदन थापा वयम्बुले नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । थापाले शुभकामनाका क्रममा एम्बुलेन्स चालक आफैमा संवेदनशील हुनुपर्ने र चालक संघका हक़ अधिकारका लागि नयाँ कार्यसमिति डटेर लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला भरीका एम्बुलेन्स चालकहरुको सहाभागिता रहेको थियो ।
निवर्तमान अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण पत्रकार प्रिय धनले गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |