२०८० मंसिर १६, शनिबार
नवलपुरको कावासोतीमा भोदी प्रतियोगिता हुने भएको छ ।
थारू समुदायको अनन्त पर्व र थारू नारीहरूको जितिया पर्वको अवसर पारेर डायमण्ड युथ सोसाइटी कावासोती १२ राजमन्दिरले थारू समुदायको परम्परागत खेल भोदी प्रतियोगिताको आयोजना गरेको हो । यही भदौ २४ गते प्रतियोगिता हुने खेल संयोजक चिन्तामणी महतोले जानकारी दिनुभयो । राजमन्दिर खेल मैदानमा बिहान ७ बजेबाट खेल सुरु हुने महतोले बताउनुभयो ।
प्रतियोगितामा भाग लिनका लागि भदौ २३ गते साझ पाँच बजे भित्र टिम दर्ता गर्न सकिने छ । दर्ता शुल्क एक हजार पाँच सय रुपैयाँ राखिएको छ ।
प्रतियोगितामा प्रथम हुनेले २५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै द्वितीय हुनेले १५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने डायमण्ड युथ सोसाइटीका सचिव नैनाराम थनेतले जानकारी दिनुभयो । यस्तै उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।
थारु समुदायको कला संस्कृति जगेर्ना गर्न डायमण्ड युथ सोसाइटीले वर्षेनी विभिन्न कार्यक्रम गर्दै आएको छ । प्रतेक वर्ष आयोजना हुँदै आएको भोदी प्रतियोगितालाई सोसाइटीले यस वर्ष पनि निरन्तरता दिएको छ ।
यस्तै डायमण्ड युथ सोसाइटीकै आयोजनामा थारू नारीहरूको जितिया पर्वको अवसर पारेर यहि भदौ २६ गतेदेखि जितिया कप महिला फुटबल प्रतियोगिताको आयोजना हुँदैछ । राजमन्दिर खेल मैदानमा नै फुटबल प्रतियोगिता हुने थनेतले जानकारी दिनुभयाएको छ ।
प्रतियोगितामा सहभागि भएर सफल बनाउनका लागि समेत सचिव नैनाराम थनेतले सबैमा आग्रह गर्नुभएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |