२०८० मंसिर २४, आईतबार
नवलपुर । नवलपुरको कावासोतीमा रहेको कालिगण्डकी नारायणी सामुदायिक अस्पतालमा पहिलो पटक पित्तथैलीको अपरेसन गरिएको छ। अस्पतालमा डा. भक्तमान श्रेष्ठको टोलीले पित्तथैलीको अपरेसन गरेको हो ।
कावासोतीका १० वर्षीय बालकको पित्तथैलीको अपरेसन गरिएको डा. भक्तमान श्रेष्ठले बताउनुभयो । अस्पतालमा विभिन्न खालका अपरेशन यस अघिनै गरिएको भएपनि पित्तथैलीको अपरेसन पहिलोपटक गरिएको हो ।
पित्तथैलीमा पत्थरी देखिएका बालकको अपरेशन गरिएको हो । २० मिनेट लगाएर सफलतापूर्वक पहिलो पटक अपरेशन गरिएको डा. श्रेष्ठले बताउनुभयो ।
कावासोतीमा रहेको कालिगण्डकी नारायणी सामुदायिक अस्पताल चितवनको नारायणी सामुदायिक अस्पतालसँग मर्ज गरेसँगै यहाँ दक्ष चिकित्सकबाट नियमित रुपमा स्वास्थ्य उपचार सेवा प्रदान गर्ने गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालमा अपरेसन सेवा प्रदान गर्न थाले पछि नवलपुर सहित यस आसपासका जिल्लाका बिरामीहरूलाई थप सुविधा पुगेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |