२०८० मंसिर २४, आईतबार
काठमाडौं । सरकारले यो वर्षको दशैंका लागि करिब साढे ६ करोड मूल्य बराबरको ३ हजार खसी र च्याँग्रा खरिद गर्ने भएको छ ।
पूर्ण सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसका लागि ६ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ । कम्पनीको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
‘आज बसेको बैठकले रकम विनियोजनको निर्णय गरेको हो, साथै सुपथ मूल्य बजार सञ्चालन सञ्चालन गरिनेबारे पनि छलफल भयो,’ कम्पनी उच्च स्रोतले भन्यो, ‘विनियोजित रकमबाट दुई हजार गोटा खसी र एक हजार च्याँग्रा खरिद हुने अनुमान गरिएको छ ।’
रकम अपुग भए थप गर्ने तर यस वर्ष च्याँग्रा पनि बिक्रीमा राख्ने गरी तयारी भइरहेको कम्पनीले जनाएको छ । कम्पनीले कोभिड-१९ का कारण पछिल्लो तीन वर्षदेखि दशैंमा च्याँग्रा बिक्री गर्न सकेको थिएन ।
यस्तै असोज लागेपछि नै पहिले कै स्थानमा यस वर्ष पनि दशैं, तिहार र छठ पर्व लक्षित सहुलियत पसल सञ्चालन गर्नेबारे पनि आइतबारको बैठकमा छलफल भएको थियो । तर, निर्णय भने भइसकेको छैन । कम्पनीले सहुलियत पसलमा राख्ने सामानको सूची तयार पार्ने, सरकारी स्वमित्वका अन्य संस्थानले बिक्री गर्ने वस्तुलाई पनि सुपथ बजारमा ल्याउने र कुन वस्तुमा कति छुट दिने भन्नेबारे भने पछि निर्णय गरिने कम्पनीले जनाएको छ । खरिद भएको खसी र च्याँग्रा घटस्थापनाको एक दुई दिनअघि काठमाडौं आइपुग्ने गरी ल्याइने छ । यस वर्ष पनि हेटौंडा, दाङ र नेपालगञ्जबाट खसी र मुस्ताङबाट च्याँग्रा ल्याउने गरी कम्पनीले तयारी सुरु गरेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |