२०८० मंसिर १६, शनिबार
कावासाेती । नवलपुरमा रहेर एचआईभीकाे क्षेत्रमा काम गर्दै आएको संस्था लुम्बिनी प्लसकाे सराेकारवाला बीच अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रममा संस्थाले एचआईभी राेकथाम ,नियन्त्रण , उपचार र सहयाेगमा काम गरिरहेकाे बारे संस्थाका अध्यक्ष निर्मला पाैडेलले जानकारी प्रदान गर्नुभएको थियाे ।
जिल्लामा संक्रमित र प्रभावितका विभिन्न खालका समस्या रहेकाले ती समस्या समाधानमा सबै सराेकारवाला मिलेर लाग्नुपर्ने उहाँले बताउनुभएको थियो ।
कार्यक्रममा जिल्ला स्थिति विभिन्न कार्यालय, सुरक्षा निकाय, स्वास्थ्य कार्यालय , गैरसरकारी संस्थाका प्रतिनिधिहरुकाे सहभागीता रहेको थियाे ।
साे क्रममा बाेल्ने वक्ताहरुले संक्रमित तथा प्रभावितका सवालमा, बालबालिकाकाे शिक्षा ,स्वास्थ्यका सवाल ,जिविकाेपार्जनका सवालमा सबै सहकार्य गरि लाग्नुपर्ने बताएका थिए । स्थानीय तहले एचआईभी संक्रमित तथा प्रभावितलाई केन्द्रित गरि कार्यक्रम गर्नुपर्ने जाेड दिईएकाे थियाे । स्थानीय तह आफैमा सरकार भएकालेएचआईभी संक्रमित तथा प्रभावितका लागि ठाेस याेजना निर्माण गरि काम गर्नुपर्नेमा जाेड दिईएकाे थियाे ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |