२०८० मंसिर २४, आईतबार
कावासोती । कावासोती नगरपालिकामा ढल व्यवस्थापन, बसपार्क निर्माण लगायतका योजना अघि बढ्ने भएको छ । ५० करोडको लागतमा नगरपालिका भित्र विभिन्न पाँच वटा योजना अघि बढ्न लागेको हो ।
नगरपालिकाका भित्र प्रमुख समस्या मध्यको एक मानिएको ढल व्यवस्थापनलाई पहिलो प्राथमिकता दिएर काम अघि बढाउन लागिएको छ । बजार क्षेत्रमा ढल व्यवस्थापन समस्याका रुपमा रहेकाले राजमार्ग क्षेत्र केन्द्रित गरि ढलको व्यवस्थापन गर्न लागिएको कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । ‘समस्या धेरै छन्, बजार क्षेत्रमा ढलको उचित व्यवस्थापनको काम गर्नुपर्ने भएकाले यो योजना शहरी विकास तथा भवन निर्माण आयोजनाको सहकार्यमा अघि बढाउन लागिएको छ’ उहाँले भन्नुभयो ।
कावासोती नगरपालिकाको समन्वयमा सघन शहरी विकास तथा भवन निर्माण आयोजना मार्फत नगरपालिका भित्र ५० करोडको लागतमा पाँच वटा योजना अघि बढाउने तयारी गरिएको छ । ढल व्यवस्थापन, कावासोती १६ मा बसपार्क निर्माण, कावासोती डण्डा स्थित गैंडाचोकबाट गोछडा बजार कालोपत्रे सडक निमार्ण , पोखरीतालको व्यवस्थापन र कावासोती १५ मा पार्क निर्माण लगायतका योजना अघि बढाउने तयारी गरिएको छ ।
चाँडैनै ढल व्यवस्थापन र बसपार्कको काम अघि बढाउने तयारी गरिएको छ । छनौट गरिएका योजना मध्य केहीको आवश्यक प्रक्रिया करिब सम्पन्न भएको र चाडै सघन शहरी विकास तथा भवन निर्माण आयोजनाले काम सुरु गर्ने नगर प्रमुख भुसालले भन्नुभयो ।
नगरको विकासमा छनौट गरिएका योजना महत्वपूर्ण सावित हुने छन् । बजार क्षेत्रमा ढलको उचित व्यवस्थापन नहुदाँ विभिन्न समयमा समस्या सिर्जना हुने गरेको छ । बसपार्क नहुँदा उत्तिकै समस्या रहेको छ । यसको निर्माणले यहाँका स्थानीयलाई लाभ पुग्ने निश्चित रहेको छ ।
पोखरी ताल ,अमलटारी आफैमा पर्यटकीय सम्भावना रहेको क्षेत्र भएकाले यि क्षेत्रको थप व्यवस्थापनले नगरको पर्यटन विकासमा थप टेवा पुग्ने छ । गैंडा चोक देखि गोछडा बजारको बाटो निर्माणले सो क्षेत्रका बासिन्दालाई बजार सम्म आवतजावतमा थप सुविधा मिल्ने छ । यि योजना कार्यान्वयनका विषयमा नगर प्रमुख , उप प्रमुख , सो क्षेत्रका वडा अध्यक्ष , सघन शहरी विकास तथा भवन निर्माण आयोजनाका प्रतिनिधिहरूको उपस्थितिमा कावासोतीमा आज छलफल भएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |