२०८० मंसिर २४, आईतबार
नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका एक स्थित बिनयी खोलाबाट अवैद्य रुपमा उत्खनन गर्दै गरेका ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
गएराति साढे १२ बजेको समयमा बिनयी खोलाबाट अवैद्य रुपमा ढुङगा गिट्टी वालुवा उत्खनन गर्दै गर्दा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लु ४ त २१२ , ना ७ त ३७९० , लु २ त २२१० , लु ४ त ९३० र एउटा नम्बर नखुलेको गरेरर पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।
यस्तै कावासोती ३ स्थित केरुङगे खोलाबाट सामुदायिक प्रहरी टोलीले एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ । लु ३ त ८१९० नं. ट्याक्टर ढुङगा लोड गर्दै गर्दा नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका ट्याक्टरलाई आवश्यक कारवाहीको लागि प्रहरी कार्यालयमा राखिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |