२०८० मंसिर २५, सोमबार
काठमाण्डाै – आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दल दर्ताको निवेदन दिएका दलहरुको रुजु आजदेखि सुरु हुने भएको छ ।
निर्वाचन आयोगले आयोगमा दर्ताका लागि निवेदन दिएका सबै दलको रुजु आजदेखि सुरु गर्ने भएको हो । दल दर्ताको निवेदन दिएका सबै दलहरुको आजदेखि जाँच गर्ने र त्यसमा कानून अनुसार छ की छैन, आवश्यक सबै कागजात प्राप्त भए/नभएको बारेमा परीक्षण गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा भाग लिन ८४ वटा राजनीतिक दलहरूले निवेदन दिएका छन् ।
निर्वाचन आयोगले निवेदनका लागि हिजोसम्मको समयावधि तोकेको थियो । निर्वाचन आयोगका अनुसार अब आयोगले भदौ ८ गतेसम्म दलहरूको निवेदनमाथि अध्ययन एवं छानबिन गर्नेछ । सबै परीक्षणपछि दलहरुलाई दर्ताका लागि आयोगमा पेस गरिनेछ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्नमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सहभागी हुने निर्णय गरेका छन् ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी राष्ट्रवादी, समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टीले पनि एउटै चुनाव चिह्नमा चुनाव लड्नेछन् । नेकपा ( समाजवादी), सामाजिक एकता पार्टी र नेपाल दलित पार्टी तथा नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र रमेश प्रसाद खरेलको नेपाल सुशासन पार्टीले पनि एउटै चुनाव चिह्नबाट चुनावमा भाग लिने भएका छन् ।
प्रवक्ता पौडेलका अनुसार संयुक्त चुनाव चिह्न लिएर चुनावमा प्रतिष्पर्धा गरे पनि चुनावपछि सबैभन्दा बढी सिट ल्याउने दलको नाममा संसदीय दल गठन हुनेछ । त्यो संसदीय दलको ह्वीप नमानेमा सदस्यता नरहने सम्मको कानूनी व्यवस्था छ । प्रवक्ता पौडेलका अनुसार अहिले ७७ वटै जिल्लामा मतदाता नामावली अद्यावधिकको काम भैरहेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउन अब ९५ दिन बाँकी छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |