२०८० मंसिर १६, शनिबार
कावासोती । कावासोतीमा रहेको सेन्ट्रल कलेज अठ्ठाइस बिगाहा युवा कल्बले सी लिग छनौट खेल खेल्ने भएको छ ।
नवलपुर जिल्लाको फुटबल स्तरलाई उकास्न र खेलाडीहरुलाई व्यवसायिक बनाउन सेन्ट्रल कलेज अठ्ठाइस बिगाहा युवा कल्बले सी लिग छनौट खेल खेल्न लागेको हो ।
सी डिभिजन छनौट खेलमा सहभागी हुन जान लागेको क्लवले भदौ ३ र ४ गते खुल्ला प्रक्रियाबाट खेलाडी छनौट गर्ने भएको छ। ३ र ४ गते विहान ७ बजेदेखि कावासोती ३ शितल चोकमा रहेको फुटबल ग्राउण्डमा खेलाडी छनौट खेल हुने क्लबका अध्यक्ष महेश अधिकारीले बताउनुभयो ।
क्लवलाई व्यवसायिक बनाउँदै लिग फुटबलमा समेत पुर्याउन सी डिभिजन छनौट खेल खेल्न लागेको हो । अखिल नेपाल फुटबल संघ एन्फाले यही असोज १ गतेबाट सी डिभिजन छनौट खेल सञ्चालन गर्दैछ ।
यस अघि नवलपुरबाट कोइलापानी पोलस्टार क्लब सी डिभिजन मा छनौट भएर क्रमश बि र ए डिभिजन सम्म छनौट भएको थियो । पछि उक्त क्लब रेलिगेशनमा परेको हो । त्यस यता अहिले सेन्ट्रल कलेज अठ्ठाइस बिगाहा युवा कल्बले सी लिग छनौट खेल खेल्न लागेको हो । गण्डकी प्रदेश भरिबाट यो क्लबले मात्र छनौट खेल खेल्न लागेको क्लबका अध्यक्ष अधिकारीले बताउनुभयोे ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |