२०८० मंसिर २०, बुधबार
कावासोती । नवलपुरको कावासोती नगरपालिका १६ चालिसकिलो जंगलमा लागुऔषध सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा देवचुली नगरपालिका वडा नं.१७ बस्ने वर्ष २६ को दिपक राना र सोही ठाउँ बस्ने वर्ष १९ को अभिषेक तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको भे १ ख ३६७३ नं.बस चेकजांच गर्ने क्रममा उनीहरुसंग रहेको कालो झोलामा नुर्फिन ५० एम्पुल,फेनारागन ५० एम्पुल,डाइजापाम ५० एम्पुल लागुऔषद्य सहित फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुका बारेमा थप अनुषन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |