२०८० मंसिर २०, बुधबार
नवलपुर । दाङको राजापुर गाउँपालिकाको अध्यक्ष मण्डलको टोलिले हुप्सेकोट गाउँपालिकाको अवलोकन गरेको छ । हुप्सेकोट गाउँपालिकाको विकास निर्माण, सेवा प्रवाह लगायतका विषयमा अवलोकन गर्न राजापुर गाउँपालिकाका अध्यक्ष सरद कुमार बुढाथोकी सहितको टोलि हुप्सेकोट आएको हो । हुप्सेकोट गाउँपालिकाले सञ्चालन गरेका गतिविधिको स्थलगत रुपमा निरिक्षण गरी अनुभव आदान प्रदान गरिएको राजापुर गाउँपालिकाका अध्यक्ष सरद कुमार बुढाथोकीले बताउनु भयो । गाउँपालिका अवलोकनका लागि आउनु भएका राजापुर गाउँपालिकाका जनप्रतिनिधिहरुलाई हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले स्वागत गर्नु भएको थियो । दुई पालिकाबीच अनुभव आदान प्रदान तथा सहकार्यका बिषयमा निरन्तर संवाद र छलफल गर्ने गरी अगाडि बढ्ने समझदारी भएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले बताउनु भयो । भौगोलिक र जनसंख्याको बनोटको दृष्टिकोणले दुवै पालिका उस्ता उस्तै रहेकाले पनि विकाश र सेवा प्रवाहमा समान चुनौतिहरु देखिने हुँदा एक अर्काको अनुभवले सहजता हुने हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष पाण्डेले बताउनु भयो । राजापुर गाउँपालिकाबाट आउनु भएका गाउँपालिका अध्यक्ष सरद कुमार बुढाथोकी ,चन्द्रकान्त पोख्रेल, वडा अध्यक्षहरु ओम प्रकाश यादव र श्याम बहादुर रोका सहितको टोलिले हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डे , उपाध्यक्ष पुर्ण सिंङ राना, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बस्याल, वडा अध्यक्षहरुसंग अन्तक्रिया गर्नु भएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |