२०८० मंसिर १४, बिहिबार
कावासोती ।पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणी –२, दाउन्नेमा आज विहान भएको सवारी दुर्घटनामा परि घाइते हुनेको संख्या ३६ पुगेको छ । महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस सडक छेउको ढिस्कोमा ठोक्किन गई पल्टिएको थियो । सो क्रममा बसमा आगलागी समेत भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताउनुभयो ।
दुर्घटनामा परेको बसमा आगलागि भएपछि बसबाट उद्धारका क्रममा केहिलाई आगोले पोलेका कारण थप घाइते भएको उहाँले बताउनुभयो ।
प्रहरीका अनुसार घाइतेहरु मध्य हाल २१ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा, दुई जनाको नयाँ मेडिकल कलेज भरतपुर र १३ जनाको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको छ । घाइते मध्य ४ जनाको अवस्था गम्भिर रहेको छ ।
पुरानो मेडिकल पठाइएको घाइतेहरु ।
१) जिल्ला कन्चनपुर बेलौरी न.पा. २ बस्ने वर्ष २६ की रेखा रावत, देब्रे खुट्टामा पोलेको अवस्था गम्भिर
२) ऐ पुनरवास गा.पा. ५ बस्ने वर्ष ५०. की कमला साउद, दाया हातमा पोलिएको गम्भिर ।
(३) निजको श्रीमान वर्ष ७३ को लढ़ी साउद, दायाम हातमा पोलेको मध्यम ।
४) ऐ.ऐ. १ बस्ने वर्ष १९ की अमृता सुनार दुबै हात र दाया खुट्टामा पोलिएको, गम्भिर
५) जिल्ला दार्चुला नौगाढ गा.पा. २ बस्ने वर्ष ३२ को रमेश सिंह ठगुन्ना, दायाँ हात खुट्टामा पोलेको, र चोट मध्यम ।
(६) जिल्ला बैतडी पाटन न.पा. ३ बस्ने वर्ष ३० को दिपेन्द्र प्र. पन्त, दाया हात पोलिएको, मध्यम ।
७) जिल्ला कैलाली धनगढी उ.म.न.पा. २ बस्ने वर्ष २५ की जयन्ती कुमारी भट्ट, दाहिने हात पोलेको, टाउको र दुबै घुडामा चोट, गम्भिर।
८) जिल्ला दार्चुला नौगाढ गा.पा. २ बस्ने वर्ष ३२ को मदनसिंह ठगुन्ना, दाहिने हात पोलिएको, मध्यम ।
९) जिल्ला कन्चनपुर बेलौरी न.पा. ५ बस्ने वर्ष ७८ को प्रभालाल शाही, ढाडमा सामान्य चोट ।
१०) ऐ. ऐ. बस्ने वर्ष ७१ की कौशिला शाही, दाहिने कुममा पोलेको मध्यम ।
(११) ऐ. ऐ. १ बस्ने वर्ष ५३ को पदम ब. शाही, दाहिने हातमा चोट, मध्यम ।
१२)जि.कल्चनपुर पुनरवास न.पा. १ बस्ने वर्ष २२ को रोशन कडेल चोट टउको, दाहिने हात चोट, अवस्था मध्यम ।
१३) ऐ बेलरी न.पा. ४ बस्ने वर्ष ६२ को केशव सिङ लिए चोट घाँटी अवस्था मध्यम ।
१४) जि. कैलाली घोडाघोडी न. पा. ४ बस्ने वर्ष ३० को शुशान्त्र चौधरी चोट छातीमा अवस्था मध्यम ।
१५) जि. कञ्चनपुर बेलेरी ४ बस्ने वर्ष ३८ को दिल ब चौधरी चोट बाँया हातमा अवस्था मध्यम।
१६) ऐ. बस्ने वर्ष ३२ को बुद्धिराम चौधरी चोट छाती, बाँया खुट्टामा अवस्था मध्यम।
१७) ऐ. बस्ने वर्ष १४ कि शोस्तीका शाही चोट टाउको र ढाडमा अवस्था मध्यम ।
१८) ऐ. ऐ. बस्ने वर्ष २० को विरेन्द्र शाही चोट ढाडमा अवस्था सामान्य ।
१९)जि.न. (पश्चिम) पालीनदन २ बस्ने वर्ष ४० कि गायत्री चवान चोट अनुहरमा अवस्था सामान्य ।
२०) जिल्ला कन्चनपुर बेलौरी न.पा. ४ बस्ने वर्ष ५० को टिकाराम सुबेदी दाहने हातमा चोट।
२१) ऐ. ऐ. १ बस्ने वर्ष ५० को निर्मला शाही, टाउको र देब्रे हातमा चोट, मध्यम ।
नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको बस साहु र बस चालक
१) बस साहु, ऐ, वेदकोट न.पा. ९ बस्ने वर्ष ४४ को महदत्त पन्त, हात खुट्टामा चोट, सामान्य ।
२) बस चालक ऐ महेन्द्रनगर बस्ने वर्ष ४८ को धिरेन्द्र बिष्ट, हात खुट्टामा चोट सामान्य ।
मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको घाइतेहरु
१) जिल्ला कन्चनपुर बेलौरी न. पा. २ बस्ने वर्ष २९ को आलोक बोहोरा, दाहिने हात र घाटिमा चोट, मध्यम।
२) ऐ.ऐ १० बस्ने वर्ष ३० को श्रवण कुमार चौधरी, दाहिने हातमा चोट, मध्यम ।
३) ऐ. ऐ. ८ बस्ने वर्ष ४४ को मदनसिंह एरी दाहिने हातमा चोट अवस्था सामान्य ।
४) ऐ.ऐ १० बस्ने वर्ष ३२ को भागिराम चौधरी, देब्रे हातमा चोट, मध्यम ।
५) ऐ.ऐ ५ बस्ने वर्ष २७ की फ्रिस मी चौधरी, शरिर दुखाई सामान्य ।
६) ऐ.ऐ ४ बस्ने वर्ष २९ को सुरेन्द्र चौधरि शरिरको दाहिने भागमा दुखेको सामान्य ।
७) ऐ.ऐ १० बस्ने वर्ष ३५ को लाल ब. चौधरी, ढाड र कम्मरमा चोट सामान्य ।
८) जिल्ला कैलाली घोडाघोडी न. पा. ५ बस्ने वर्ष २१ को केशव ब. भण्डारी, ढाडमा सामान्य ।
९) जिल्ला कन्चनपुर बेलौरी न.पा. ३ बस्ने वर्ष ४५ को कर्ण ब. कार्की, दाहिने कुम र खुट्टामा चोट, मध्यम ।।
१०) ऐ. लालझाडी गा.पा. २ बस्ने वर्ष ३५ को राजेश चौधरी, ढाडमा सामान्य ।
११) ऐ. बेलौरी न.पा. ४ बस्ने वर्ष ४३ की राजेन्द्र सिंह थापा, दायां हात खुट्टामा पोलिएको, मध्यम ।
१२)ऐ.ऐ १० बस्ने वर्ष १९ की सन्ध्या चौधरी ढाइमा सामान्य चोट ।
१३) ऐ. ऐ. शुक्लाफाट न. पा. ५ बस्ने वर्ष २९ को मिलन जोशी, दाहिने खुट्टामा चोट सामान्य ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |