२०८० मंसिर २४, आईतबार
कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका आठ निवासी २९ वर्षका विष्णु प्रसाद पाण्डेको खोजी गरिदिन परिवारले आग्रह गरेको छ ।
हिजो ( आइतबार ) बिहान घरबाट निस्किएपछि सम्पर्कमा नआएको हुँदा उहाँको खोजीमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ । उहाँका दाजु दामोदर पाण्डेका अनुसार उहाँ मानसिक रोगी हुनुहुन्छ , कोही कसैले कुरा गरेमा सोधपुछ गरेमा बोली पनि हाल्ने गर्नुहुन्छ नभए कोही कसैसंग पनि बोल्नुहुँदैन । उहाँले मानसिक रोगको औषधी समेत सेवन गर्दै आउनुभएको छ । उहाँको एकोहोरो हिँडिरहने बानी छ ।
हिजो चोरामारा बाट कावासोती तर्फ आएको जानकारी पाएको दाइ दामोदरको भनाई छ । खोजतलास गर्दा फेला नपाएपछि आज प्रहरी चौकी चोरमारामा खोजी गर्न निवेदन दिएको दाजु दामोदरले जानकारी दिनुभएको छ । कोही कसैले फेला पारेमा ९८४६९६२०६७ , ९८४७४८३०८३ मा सम्पर्क गरिदिनु आग्रह गर्नुभएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |