२०८० मंसिर १६, शनिबार
नवलपरासी । नवलपुरको प्रसिद्ध धार्मिक स्थल मदारबाबा मेलाबाट संकलित रकम हिनामिना भएको आरोप लागेको छ । मेला आयोजक संस्था मदारबाबा मजार संरक्षण संस्था विनयी त्रिवेणी ६ नवपरासी पूर्वका अध्यक्ष जमालुद्धिन अन्सारीले मेलाबाट उठेको लाखौँ रकम हिनामिना गरेको समितिकै पदाधिकारीले आरोप लगाएका हु्न् ।
संस्थाका वरिष्ठ उपाध्यक्ष मोहम्मद रफिक चुरिहार,कार्यसमिति सदस्य मोहम्मद हनिफ मिया र मोहम्मद फुन्नेले एक विज्ञप्ति जारी गर्दै रकम हिनामिना गर्ने अध्यक्ष अन्सारीलाई कारवाही गर्न माग गरेका छन् । अध्यक्ष अन्सारीले संस्थाको कुनै पनि हिसाब जानकारी नगराउने गरेको उनीहरुको आरोप छ ।
संस्थाको सचिव, कोषाध्यक्ष लगायत महत्वपूर्ण पदमा आफ्ना नजिकका नातेदारलाई राखेरर मेलाबाट उठेको लाखौँ रकम अनियमितता गरेको विज्ञप्तिमा जनाईएको छ । गत २०७८ मा लागेको मेलाबाट उठेको रु २७ लाख, २०७७ मा उठेको १३ लाख र २०७६ मा उठेको रु ३२ लाख रकम अध्यक्ष जमालुद्धिन अन्सारीले हिनामिना गरेको पदाधिकारीको आरोप छ । रकम हिनामिना गर्न अध्यक्ष अन्सारीले संस्थाका साधारण सदस्यमा समेत आफ्नै घरपविार र नातेदारलाई राख्दै आएका छन् ।
अध्यक्ष अन्सारीले हिसाब माग्दा नदिने र रकम हिनामिना गर्न थालेको भन्दै २०७९ असार १८ गते ७० जना साधारण सदस्य र पदाधिकारीले अविश्वासको प्रस्ताव दर्ता गरेको विज्ञप्तिमा उल्लेख छ । रकम हिनामिना भएको विषयमा छानविन गरी कारवाही गर्न जिल्ला प्रशासन कार्यालय नवलपुरमा उजुरी गरिएको संस्थाका पदाधिकारीले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय नवलपुरले यही साउन ३ गते दुई वटा छुट्टा छुट्टै पत्र पठाई रकम हिनामिना गरेको र संस्था एकलौटी रुपमा सञ्चालन गरिरहेको विषयमा यथार्थ खुलाई पठाउन भनिएको छ भने साधारणसभा समेत रोक्न भनेको छ । अर्को पत्रमा संस्थाको विधान बमोजिमको नवीकरण, लेखापरीक्षण र बैक खाताको विवरण पेश गर्न आदेश दिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |