२०८० मंसिर २०, बुधबार
कावासोती । संघीय सासंद तिलक महतले जनप्रतिनिधि र सञ्चारमाध्यमसँग समन्वय र सहकार्यमा विकास निर्माणले गति लिन सक्ने बताउनुभएको छ ।
जनताले चुनेका जनप्रतिनिधिले गरेका राम्रा कामको प्रचारप्रसार गरेर जनतासम्म पु¥याउने र गलत गरेमा खबरदारी गर्ने काम सञ्चार माध्यमले गर्ने भएकाले सञ्चारमाध्यमसँग जनप्रतिनिधिले सहकार्य र समन्वय गरेर अगाडि बढ्न उहाँले आग्रह गर्नुभएको छ ।
नवलपुरको कावासोतीमा शनिबार प्रेस चौतारी नेपाल नवलपुर शाखाको आयोजनामा भएको स्थानीय तहको विकासमा जनप्रतिनिधि र सञ्चारको भूमिका विषयक अन्तरकृया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले भर्खर निर्वाचित स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई पहिलो पार्टी बनाउन प्रेस चौतारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै सञ्चार माध्यम सबैको घरघरमा सूचना पुग्ने बलियो माध्यम रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै एमाले केन्द्रीय कमिटी सदस्य कृष्ण पौडेलले पत्रकारिताको आँखा कोही नपुगेका ठाउँमा पुग्ने भएकाले समाज परिवर्तन र विकासमा सञ्चारमाध्यमको अहम् भूमिका हुने बताउनुभयो । जनतालाई सुसूचित गर्ने , राम्रा कामलाई जनताबीचमा पु¥याउने र आगामी दिनमा जनतालाई सशक्तीकरण गर्ने कुरामा सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा उहाँको जोड थियो ।
यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य रोशनबहादुर गाहाले हरेक निर्वाचनका बेला सञ्चारको माध्यमबाट नै आफ्ना कुरा जनता समक्ष पु¥याएका कारण आफूले जित्न सफल भएको बताउनुभयो । उहाँले आफूले गरेका प्रतिबद्धता र आफ्ना विचारहरू जनता समक्ष सञ्चार माध्यमबाट नै पुगेकाले जनताको मत पाउन सफल भएको उहाँले बताउनुभएको छ ।
यसैगरी जिल्ला समन्वय समितिका संयोजक बाबुराम विश्वकर्माले आफू जिससमा आएपछि कार्यालयभित्र रहका धेरै कुराहरु जनताको बीचमा जान नसकेको र ओझेल परेको महसुस गरेको बताउनुभयो । उहाँले ग्रामीण भेगमा बस्ने सोझासाझा जनताको पक्षमा काम गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटीका सहसचिव भिमलाल कँडेलले स्थानीय तह निर्वाचनमा प्रेस चौतारीमा आबद्ध सदस्यहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण नै आज नतिजा राम्रो भएको जिकिर गर्नुभयो । उहाँले सञ्चारको माध्यमबाट नेकपा एमालेका उम्मेदवारका कुराहरू जनता समक्ष पुगेको हुनाले नै जनताले मत दिएको उहाँको भनाई थियो ।
बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले आफूहरू जिल्लाको विकट क्षेत्रमा रहेका कारण ओझेलमा पर्दै आएको बताउनुभयो । उहाँले सञ्चार माध्यम समेत दूरदराज पुग्न आवश्यक रहेको बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रमा समेत पत्रकार निर्माण गर्ने कुरामा आफू सकारात्मक रहेको र यसका लागि प्रेस चौतारीसँग समन्वय गर्न तयार रहेको उहाँले बताउनुभयो ।
बुलिङटार गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारीले आफूले काम गर्ने सिलसिलामा धेरै कुरा सिक्नुपर्ने भएकाले आउँदा दिनमा सञ्चार माध्यमसँगको समन्वय सहकार्यलाई प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले स्थानीय तहले खेल्नुपर्ने भूमिकामा सदैव सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले समाजमा ऐनाको रुपमा काम गर्न समेत सुझाव दिनुभयो ।
प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज हिमाल देव पंगेनीले निर्वाचित जनप्रतिनीधीलाई सञ्चार माध्यमसंग सदैव सहकार्य गर्न सुझाव दिनुभयो । उहाँले सञ्चार माध्यम र सञ्चारकर्मीको संरक्षण र विकासका लागि क्षमता अभिबृद्धि तथा आवश्यक बजेट बिनियोजन गर्न जरुरी रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा स्थानीय तह र विकासका सन्दर्भमा खिमानन्द भुसालले सहजीकरण गर्नुभएको थियो भने , स्थानीय तह निर्वाचनमा प्रेस चौतरीले खेलेको भूमिकाका बारेमा कोषाध्यक्ष राजु चापागाईले सहजीकारण गर्नुभएको थियो ।
प्रेस चौतारी नेपाल नवलपुरले जिल्लाको कावासोती , मध्यविन्दु , देवचुली नगरपालिका , बिनयी त्रिवेणी , बौदीकाली र बुलिङटार गाउँपालिकाको स्थानीय तहमा विजयी हुनुभएका प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्ष र जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुखलाई सम्मान गरेको थियो ।
शाखा अध्यक्ष शालिकराम कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक दयाराम आचार्यले सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष ज्ञानु पंगेनीले स्वागत मन्तव्य राख्नुभएको थियो । समापन प्रेस चौतारीका इन्चार्ज बिद्रोही गिरीले गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |