२०८० मंसिर १६, शनिबार
कावासोती । कावासोती नगरपालिकाले आवधिक नगर विकास योजना निर्माण गरिरहेको छ । आवधिक नगर विकास योजना निर्माणको चरणमा रहेको नगरपालिकाले बुधबार देखि तीन दिने कार्यशाला सुरु गरेको छ । आवधिक योजना निर्माणका लागि स्कोलर नेपाल काठमाडौँले सहयोग गरिरहेको छ ।
आवधिक योजना निर्माणका लागि नगर प्रमुख, उप प्रमुख सहित कार्यापालिका सदस्यहरू, नगरपालिकाका कर्मचारी, राजनीतिक दलका प्रतिनिधि , विभिन्न सङ्घसंस्थाका प्रतिनिधि लगायत कार्यशालामा सहभागि रहेका छन् ।
तीन दिन सम्म चल्ने कार्यशालामा विषयगत क्षेत्र अनुसार छलफल गरि प्राथमिकीकरण गर्दै आवधिक नगर विकास योजना निर्माण गरिने छ ।
बुधबार नगर प्रमुख विष्णु प्रसाद भुसालको अध्यक्षता , गण्डकी प्रदेशका सांसद रोशन बहादुर गाहाको प्रमुख आतिथ्यतामा कार्यशालाको उद्धघाटन कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद रोशन बहादुर गाहाले नगरका प्राथमिकताका विषय वस्तु पहिचान गरि दिगो रुपमा योजना निर्माण गर्नुपर्ने बताउनुभयो । आवधिक योजना निर्माण गर्दै गर्दा नगरको समग्र विकास हुने गरि र त्यो ५०÷१०० का लागि पनि सान्दर्भिक हुने खालको बनाउनुपर्ने बताउनुभयो ।
पूर्वाधारलाई मात्रै विकास नठानी समग्र क्षेत्रलाई समेटि योजना निर्माण र काम गर्नुपर्ने उहाँले बताउनुभयो । जनताले विकास भएको महसुस गर्ने खालका योजना तय गरि काम गर्नुपर्ने बताउँदै नगरको विकासको सन्दर्भमा सबै एक ठाउँमा उभिनुपर्ने सांसद गाहाले बताउनुभयो ।
नगर प्रमुख विष्णु प्रसाद भुसालले मानवीय सूचकाङ्कको स्तर बढाउने खालका योजना निर्माण गरि अघि बढ्नुपर्ने औँल्याउनुभयो । नगरका हरेक क्षेत्रका विषयलाई समान र समुचित रुपमा उठान गर्दै सोही अनुसार योजना निर्माण गरि नगर अघि बढ्ने बताउँदै सबैको सकारात्मक रायसुझावको आवश्यकता रहेको बताउदै नगरले हरेक विषयमा सबैसँग छलफल गरि लाग्ने बताउनुभयो । शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन विकास, पूर्वाधार विकास लगायतका सबै विषय समेटेर नगर अघि बढ्ने उहाँको भनाई थियो ।
उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङले आवधिक नगर विकास योजनालाई यथार्थपरक बनाउन सबैको छलफल आवश्यक रहेको बताउनुभयो ।उद्धघाटन कार्यक्रमको संचालन कावासोती नगरपालिका शिक्षा शाखा अधिकृत राजन पाण्डेले गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |