२०८० मंसिर २०, बुधबार
कावासाेती।१२ बुँदे प्रतिबद्धता जाहेर गर्दै कावासोती नगरपालिकामा युवामैत्री स्थानीय शासन अवलम्बन गरी कार्य प्रारम्भ गर्ने गरी क्षमता अभिवृद्धी तालिम आज कावासोतीमा सम्पन्न भएको छ ।
राष्ट्रिय युवा नीतिले १६ देखि ४० बर्ष उमेर समुहका नागरिकहरुलाई युवाको परिभाषामा समेटेको छ । युवाहरु उर्जावान, सक्षम र सृजनशिल उमेर समुहमा रहेका छन् । राष्ट्रको समग्र विकास, परिवर्तन र प्रगतिमा युवाहरुको सकारात्मक र रचनात्मक योगदान रहेको छ, रहन्छ र रहनु पर्दछ भन्ने विषयलाई आत्मसात गर्दै बालमैत्री, लैङ्गिकमैत्री, पोषणमैत्री अभियानसँगसँगै युवामैत्री अभियान सुरु भएको छ ।
नेपालले जाहेर गरेका अन्तरराष्ट्रिय प्रतिवद्धताहरु, दिगो विकासका लक्ष्यहरु (२०१६(२०३०), नेपालको संविधान, पन्ध्रौ योजना, राष्ट्रिय युवा नीति २०७२, राष्ट्रिय युवा परिषद् ऐन २०७२, राष्ट्रिय युवा परिषद् नियमावली २०७३, युथ भिजन २०२५ तथा दश वर्षे रणनीतिक योजना लगायतका विभिन्न प्रतिवद्धता र दस्तावेजहरुमा युवा अधिकार र उनीहरुको समग्र विकासका विभिन्न प्रतिवद्धताहरु व्यक्त गरिएका छन् ।
यसै क्रममा २०७९ असार २० देखि २२ गतेसम्म कावासोती नगरपालिकाका युवा तथा सरोकारवालाहरुको सहभागीतामा ३ दिने युवामैत्री स्थानीय शासन सम्वन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।
समापन समारोहमा आयोजक संस्था तिलोत्तम पौडेलको अध्यक्षतामा, कावासोती नगरपालिकाका शिक्षा शाखा तथा सामाजिक शाखा प्रमुख क्षेत्र बहादुर भण्डारीको प्रमुख अतिथि र अन्य विभिन्न संघसंस्थाहरुको प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, खेलकुद विकास समितिका प्रतिनिधी, जिल्ला युवा समितिका प्रतिनिधीहरु, नागरिक समाजका प्रतिनिधी, संचार, युवा संघ संस्था, विभिन्नअभियानका प्रतिनिधीहरु, बाल क्लव, बाल क्लवका पुर्व सदस्य, बालमैत्री अभियानकर्मी, कृषक युवा उद्यमी, युवा स्वयंसेवक तथा युवामैत्री स्थानीय शासन अभियानकर्मीहरु गरि ४० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा अतिथि तथा सहभागीहरुले कावासोती नगरपालिकालाई युवामैत्री बनाउन योगदान गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । कार्यक्रममा सहभागीता पछि राधिका भुसालले सबै क्षेत्र तह, विभेदमा परेका, अपाङ्गता भएका, यौनीक तथा लैङ्गिक अल्पसङख्यक, तथा सबै पृष्ठभुमिका युवाहरु समेटेर युवामैत्री पालिका बनाउन जोड् दिनुभएको थियो । साथै नगरलाई पहिलो युवामैत्री निर्माण गर्नको लागि आफ्नो तर्फबाट र यो समुहको तर्फबाट बाट साझा प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
युवाको अधिकारलाई सुनिश्चित गर्न स्थानीय तह देखि नै युवाका सवालहरु शासन प्रणालीमा जोड्दै, उनीहरुको सक्रिय सहभागिता, संलग्नता र सहकार्यमा संचालन गरिने शासन प्रणाली युवामैत्री स्थानीय शासन हो ।
यस अवधारणामा ७ रणनीति, ४६ कार्यनीति, ४५ सुचकहरु र अवलम्वन, कार्यान्वय र घोषणाका लागि ४ चरणहरु प्रस्ताव गरिएको छ । स्थानीय आवश्यकता अनुसार रणनीति, कार्यनीति, सुचक र चरणहरुको स्थानीयकरण गर्न सकिन्छ ।
युवामैत्री स्थानीय शासनको आवश्यकता र यसले समग्र विकासमा पार्ने सकारात्मक प्रभावलाई मध्यनजर गर्दै कावासोती नगरपालिकाको संयोजन, राष्ट्रिय युवा परिषद् , जागृति बाल तथा युवा सरोकार नेपाल, युएनडिपि र युनिसेफ नेपालले संयुक्त प्रयासमा युवामैत्री स्थानीय शासन अभियानलाई ठोस रुप दिन साझेदारी भईरहेको छ ।
युवामैत्री स्थानीय शासन सम्वन्धी क्षमता अभिवृद्धि कार्यक्रमका सहभागीहरुलाई प्रमुख अतिथि क्षेत्र बहादुर भण्डारीले प्रमाण पत्र वितरण गर्नुभएको थियो । तालिमको सहजीकरण अधिवक्ता तथा युवामैत्री स्थानीय शासन अभियानकर्मी विष्णु खत्री , राष्ट्रिय युवा परिषदका कार्यकारी सदस्य तथा युवामैत्री स्थानीय शासन अभियानकर्मी तिलोत्तम पौडेल र दिपक शर्माले गर्नुभएको थियो ।
अन्त्यमा कार्यक्रममा उपस्थित सहभागीहरुले कावासोती नगरपालिकालाई युवामैत्री स्थानीय तहका रुपमा अवलम्वन, कार्यान्वयन र घोषणा गर्नका लागि कार्ययोजना तयार गर्दै सबै सहभागीहरुले आआफ्नो व्यक्तिगत र संस्थागत रुपमा योगदान पुर्याउदै युवामैत्री नगरपालिकाका लागि यो प्रतिवद्धता पत्र सार्वजनिक गर्दै यि प्रतिबद्धता कार्यन्वयनका लागी सबै सरोकारवालाबाट सहयोगको लागी अपेक्षा गरेको छन् ।
कावासोती नगरपालिकामा युवामैत्री स्थानीय शासनको प्रवद्र्धनका लागि कावासोती नगरपालिका नवलपुरका सरोकारवालाहरुको प्रमुख अपिल
(१) कावासोती नगरपालिकाको कार्यपालिका बैठकबाट युवामैत्री स्थानीय शासन अवलम्बन गर्ने यथाशक्य निर्णय गरी कावासोती नगरपालिकालाई युवामैत्री नगरपालिकाका रुपमा विकास गर्न आवश्यक स्रोत साधनसहित काम गर्न गराउन अपिल गर्दछांै ।
(२) नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद्ले तयार गरेको युवामैत्री स्थानीय शासन सम्वन्धी दिग्दर्शनका आधारमा युवामैत्री स्थानीय शासन अवलम्वन, कार्यान्वयन र दिगोपनसँग सम्बन्धित कावासोती नगरपालिकाको कार्यविधि तयार गरी कार्यान्वयन गर्न अनुरोध गर्दछांै ।
(३) कावासोती नगरपालिमा नगर युवा परिषद् गठन तथा संचालन सम्बन्धी कार्यविधि निर्माण गरी नगर युवा परिषद्को गठन गर्न अनुरोध गर्दछांै ।
(४) कावासोती नगरपालिकामा युवाका साझा सवालहरुको प्रभावकारी संयोजन गर्न कार्यपालिका अन्तर्गतको विषयगत समिति, नगरपालिकाको विषयगत शाखा÷इकाई र सम्र्पक व्यक्ति स्पष्ट रुपमा तोकी जिम्मेवारी प्रदान गर्न अपिल गर्दछांै ।
(५) कावासोती नगरपालिका भित्रका १६ देखी ४० वर्ष उमेर समूहका युवाहरुको विशिष्टकृत तथ्याङ्क सहितको युवा प्रोफाइल तयार गरी वार्षिक रुपमा अद्यावधिक गर्न अनुरोध गर्दछांै ।
(६) कावासोती नगरपालिकाका सबै युवाहरुको युवा क्लब÷समुहहरुमा सहभागिता सुनिश्चित गर्न अपिल गर्दछौ । सबै युवाहरुको सहभागिता सुनिश्चित हुनेगरी युवा क्लब÷समूहहरुको गठन÷पुनर्गठन गर्न अनुरोध गर्दछौ । युवा क्लब÷समूहहरुको वडास्तरीय र नगरपालिका तहको संजाल गठन÷पुनर्गठन गरी स्रोतसाधन सहित सकृय बनाउन अनुरोध गर्दछांै ।
(७) कावासोती नगरपालिकाका युवाहरुको साझा सवालहरुको सम्बोधनका लागि प्राथमिकताका सवालहरु पहिचान गरी सो को कार्यान्वयको निम्ति नीतिगत रुपमा सम्वोधन सहित आवश्यक स्रोत साधनको समेत व्यवस्था गर्न अपिल गर्दछौं ।
(८) युवा रोजगारी, स्वरोजगारी र उद्यमशिलता प्रवद्र्घन, सहुलियतपुर्ण ऋण, अनुदान र आर्थिक तथा प्राविधिक सहयोगको वातावरणका लागि विशेष रणनीति तयार गरी कार्यन्वयन गर्न अनुरोध गर्दछौ । युवाहरुको नेतृत्व, व्यक्तित्व र क्षमता विकाससँग सम्वन्धित कार्यक्रमहरु समेत तय गरी कार्यन्वयन गर्न अनुरोध गर्दछौं ।
(९) बैदेशिक रोजगारीबाट फर्कि आएका युवाहरुको ज्ञान, सिप र अनुभवलाई नगरपालिकाको समग्र विकासमा योगदान पुग्ने वातावरण तयार गर्न उनीहरुको सामाजिक तथा आर्थिक पुनः एकिकरणसँग सम्वन्धित कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न अनुरोध गर्दछौं ।
(१०) विभिन्न विषय, विधा र क्षेत्रमा आफ्नो दक्षता र विज्ञता हासिल गरेका कावासोती नगरपालिकाका युवाहरुलाई नगरपालिकाको समग्र विकासमा योगदान दिन सक्ने वातावरणको समेत विकास गर्न युवा विज्ञहरुको रोष्टर तयार गरी कावासोती नगरपालिका र युवा साझेदारी विकास गरी हाम्रो कावासोती नगरपालिकाको समग्र विकासमा सहयोग पुग्ने वातावरण तयार गर्नका लागि अनुरोध गर्दछौ ।
(११) अपाङ्गता भएका युवा, अल्पसंख्यक युवा, आर्थिक, सामाजिक वा साँस्कृतिक रुपमा जोखीम समूहमा रहेका युवा, हिंसा पिडित वा प्रभावित लगायतका युवाहरुका लागि विशेष कार्यक्रम तय गरी ती युवाहरुको शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका आधारभूत आवश्यकताहरुको सम्बोधनका लागि विशेष पहल गर्न अपिल गर्दछांै ।
(१२) युवामैत्री स्थानीय शासनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पर्ने नगरपालिका तहका संरचनाहरुको निर्माण गर्न तथा विकास साझेदार, नागरिक संस्था, युवा संस्था, क्लव, संजाल लगायत सबै सरोकारवालाहरुसँग साझेदारी विकास गरी समन्वयमा काम गर्दै हाम्रो कावासोती नगरपालिकालाई युवामैत्री नमुना नगरपालिकाका रुपमा पहिचान गर्न गराउन अपिल गर्दछौं ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |