२०८० मंसिर २५, सोमबार
हुप्सेकोट । संघीय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्र्तगत हुप्सेकोटमा ५२ घर छनौट गरिएको छ । आज हुप्सेकोट गाउँपालिकामा सांसद तिलक महतको अध्यक्षतामा बसेको बैठकले गाउँपालिका भित्र लगत संकलन भएका ५२ वटा घरको खरको छानो बिस्थापन गरि टिनको छानो लगाउने गरि लाभग्राही छनौट गरिएको हो ।
सांसद तिलक महत,जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मा सहित सघन शहरी विकास तथा भवन निर्माण शाखा भरतपुरका कर्मचारी , हुप्सेकोट गाउँपालिकाका प्रतिनिधि ,प्राविधिक सहित बसेको बैठकले ५३ वटा घरको छानो विस्थापन गर्ने गरि निवेदन परेकोमा मापदण्ड पुगेका ५२ घरलाई छनौट गरेको हो ।
संघीय सरकारको योजना भएकाले सम्बन्धित क्षेत्रका संघीय सांसदको संयोजनमा यस कार्यक्रम सञ्चालन हुँदै आएको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा देशभर रहेका खरका छानो विस्थापन गरि जस्ता पाता लगाउने योजना अघि बढेको थियो । सोही अनुसार सुरक्षित नागरिक आवास कार्यक्रम सञ्चालन हुँदै आएको छ । खरको छानो भएकाले सम्बन्धित पालिकामा फारम भरि आवश्यक प्रक्रिया पुर्याएर आफ्नो नाम सूचिकृत गराउन सक्नेछन् ।
हुप्सेकोटमा १ सय ९१ घरको खरको छानो बिस्तापन गरि टिनको छानो लगाउने योजना अनुसार स्वीकृत भएको थियो । तर अघिल्लो पटक ९१ जना र यस पटक जम्मा ५२ जना मात्रै लाभग्राही छनौटमा परेका छन् । आफ्नो निर्वाचन क्षेत्र मध्यको एक पालिका हुप्सेकोटमा यस्ता घर धेरै होलान् भनेर आफूले १ सय ९१ घरलाई योजनामा समेटको भएपनि पुरै कार्यान्वयन हुन नसकेको सांसद महतले बताउनुभयो । दुई पटक गरि १४३ वटा घर मात्रै छनौटमा परेका छन् । ४८ वटा घरको खरको छानो विस्थापन गर्ने बजेट फिर्ता हुन लागेको छ ।
पालिका मार्फत घर छनौट गर्ने भएपनि आवश्यक सङ्ख्यामा छनौट नगरेकाले जनतामा आएको राज्यको सुविधा फिर्ता हुने अवस्था आएको छ । जनताले सुविधा पाउन भनेर हुप्सेकोटमा संख्या बढि राखेको भएपनि पुरै सदुपयोग नहुनु दुखद भएको सांसद तिलक महतले बताउनुभयो ।
खरको छानो विस्थापन गरि जस्ता लगाउन हाल प्रति घर ७५ हजार प्रदान गरिएको छ । संघीय क्षेत्र नम्बर २ मा करिब १४ सय खरको छानो बिस्तापन गरि जस्ता पाता लगाउने योजना अनुसार सबै पालिकामा काम भएको सांसद महतले बताउनुभयो । आफूले धेरै जनताले सेवा पाउनुपर्छ भनेर अन्यत्र भन्दा धेरै कबिर १४ घर बनाउने गरि कार्यक्रम स्वीकृत गरेको बताउदै, यसको कार्यान्वयनमा पालिकाहरू समेत जिम्मेवार बनी लाग्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।
आजको बैठकबाट हुप्सेकोट १ मा १९, २ मा ७, ४ मा २, ५ मा ७ र ६ मा १७ घर गरि ५२ वटा घरको खरको छानो विस्थापन गरि जस्ता पाता लगाउने गरि छनौट गरिएको सांसद मतहले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |